२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केहि बेरमा दिल्लीले कोलकत्ताको सामना गर्दै, टिम ११ सार्वजनिक

१४ बैशाख २०७५, शुक्रबार १४:१३

वैशाख १४, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा दिल्ली डेयरडेभिल्सले नेपालका खेलाडी सन्दिप लामिछाने सातौँ खेलमा पनि अवसर दिएको छैन । दिल्लीले ३ घण्टा अघि ट्विट गर्दै सन्दिपलाई खेलाउने संकेत गरेको थियो र सन्दिप सहित ८ खेलाडीको तश्विर हालेको थियो तर अन्तिम समयमा आज पनि टिम ११ मा सन्दिप आतं सकेनन् |  


इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ । फिरोज शाह कोट्लामा हुने खेलमा घरेलु टोली दिल्ली जितको खोजीमा हुनेछ । यता कोलकत्ता पनि जित हात पार्ने दाउमा छ ।

दिल्लीको लागि यो खेल निकै महत्वपूर्ण हो । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।

यस अघिका कप्तान गौतम गम्भीरले कप्तानी छाडेपछी दिल्लीको कप्तानी श्रेयस आइयरले सम्हाल्दै छन् । दिल्लीले प्रतियोगितामा एकपछि अर्को खराब प्रदर्शन गर्दै आएको छ । ५ खेलमा हार र १ खेलमा जित हात पारेको दिल्ली आईपीएलको पुछारमा छ ।

आजको खेलमा सन्दिप समेत पर्ने सम्भावना रहेको भन्दै नेपाली समर्थकहरु निकै उत्साहित भएका थिए तर अब खेलमा टिम ११ अन्तर्गत तलको तश्विर अनुसार खेलाडीले खेल्दैछन् । 

दिल्ली डेयरडेभिल्सले झन्डै ३ घण्टा अघि सन्दिप सहितको फोटो हाल्दै आजको खेलमा सन्दिपलाई हाल्ने संकेत गरेको थियो तर अन्तिममा खेल सुरु हुनु २० मिनेट अघि अर्को ट्वीटमा टिम ११ मा सन्दिप परेनन् | दिल्लीको ट्विटमा दिउसो टिम ११ मा को-को ? भन्ने राख्दा धेरैले प्रतिक्रियामा सन्दिपको नाम उल्लेख गर्दै सन्दिपलाई राख्नु पर्ने टिप्पणी गरेका थिए | केहि क्रिकेट सम्बन्धि वेबसाइटमा समेत सन्दिप पर्ने आंकलन सहितको समाचार लेखिएको थियो | 

नेपालका राष्ट्रिय युवा खेलाडी तथा कम उमेरका खेलाडी सन्दिप लामिछानेलाई आफ्नो टिममा अनुबन्ध गरेसँगै धेरै नेपालीहरुले यो पटक दिल्लीको सपोर्ट गरेको पाईएको छ तर निरन्तर हारेको र सन्दिपलाई खेलमा नउतारेको पनि आक्रोस नेपालीहरुमा छ | आजको खेलमा सन्दिपलाई नजोडेपनि यो पछीका थप ७ खेल खेल्न बाँकी छँदा एक न एक खेलमा सन्दिपले चान्स पाउनेमा आशावादी हुने ठाउँ छ |  

यस अघि गौतम गम्भीरले सन्दिपलाई भरोशा नगरेको भन्दै नेपाली तथा भारतकै कतिपयले प्रतिक्रिया दिएको अवस्थामा अब २३ बर्षीय कप्तानले सन्दिपलाई खेलाउने आशा गरिएको छ । दिल्लीको खेलमा फिल्डीङ कमजोर भएको भन्दै आलोचना पनि हुँदै आएको छ । यस अघि कोलकातासँग ७१ रनले पराजित भएपछी दिल्लीलाई फिल्डीङमा कमजोर भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य