२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीले लिईछाड्यो कोलकातासँग बदला- श्रेयस र पृथ्वी चम्कँदा कोलकाता ५५ रनले पराजित

२०७५, १४ बैशाख शुक्रबार १८:१८

वैशाख १५, काठमाडौँ | आईपिएल सिजन ११ अन्तर्गत २६ औं खेल अन्तर्गत दिल्ली डेयरडीभल्सले यस अघि आफुलाई ७१ रनको हार चखाएको कोलकाता नाइट राइडर्सलाई ५५ रनले पराजित गरेको छ | खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले दिएको २२० रनको फराकिलो स्कोरलाई पछ्याउने क्रममा कोलकाताले पुरा ओभरको खेल खेल्दै ९ विकेट गुमाई १६४ रन मात्र बनाउन सकेपछी कोलकाता पराजित हुन पुगेको हो | 


खेलमा दिल्लीले ४ विकेटको क्षेतीमा २१९ रन बनाउने क्रममा उसका लागि पहिलो कप्तानी डेब्यु गरेका श्रेयस येयरले सर्वाधिक ९३ रन जोडेका थिए | उनले नट आउट ४० बलमै १० छक्का र ३ चौका प्रहार गर्दै ९३ रन जोडेका हुन् | त्यस्तै खेलमा ओपनर पृथ्वी सावले ४४ बलमा ६२ रन जोडेका थिए | उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए | त्यस्तै खेलमा ओपनर कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडे | त्यस्तै चौथो ब्याट्सम्यानका रुपमा आएका ग्लेन म्याक्सवेलले १८ बलमा २७ रन जोडेर रन आउट भएका थिए | त्यस्तै खेलमा रिशव पन्तले कुनै रन जोड्न सकेनन् |

खेलमा दिल्लीको विकेट लिने क्रममा कोलकाताका पियुस चावला, शिवम मावी र मिचेल जोनसनले १/१ विकेट लिएका थिए | 


दिल्लीले दिएको २२० रनको स्कोरलाई पछ्याउने क्रममा कोलकाताले सुरुवाती खेलमा ब्याट्सम्यानहरु टिकेर खेल्न नसक्दा कोलकाता दवावमा परेको थियो | खेलमा उसको ओपनर द्वय क्रिस लिन र सुनिल नारिनेले क्रमश ५ र २६ रन बनाएर आउट भए | त्यस्तै रोबिन उथप्पा २ बलमा १ रन मात्र जोडेर आउट भए भने नितिश राना ७ बल खेलेर ८ रन बनाई आउट भए | त्यस्तै दिनेश कार्तिकले १८ बलमा १८ रन ल्याई आउट भए | त्यसपछि शुभमान गिल र आन्द्रे रुसेलले कोलकाताको स्कोरलाई फराकिलो योगदान दिए तर उनिहरु पनि अर्ध सतक नबनाई आउट भए | खेलमा शुभ्मान गिलले ३७ रन जोडे भने आन्द्रे रुसेलले ३० बलमा ४४ रन जोडे | 

त्यसपछि आएका शिवम मावी ३ बलमा बिना कुनै रन आउट भए | त्यसपछि कोलकाताका पियुस चावला २ रनमै आउट भए जति बेलासम्म कोलकाताको ९ विकेट गुमीसकेको थियो | त्यसपछि नट आउट दुई ब्याट्सम्यान मिचेल जोनसनले १२ रन र कुलदिप यादवले ७ रन जोडी कोलकातालाई अल आउट हुनबाट जोगाए साथै १६४ रनसम्मको स्कोर बनाए |  

खेलमा कोलकातालाई पराजित गर्ने क्रममा दिल्लीका ट्रेन्ट बोल्ट, ग्लेन म्याक्सवेल, अभेस खान र अमित मिश्राले २/२ विकेट लिएका थिए |

यस अघिको खेलमा कोलकाता नाइटराइडर्सले दिल्ली डेयरडेभल्सलाई ७१ रनले पराजित गरेको थियो | आजको खेलमा दिल्लीले ५५ रनले जित्दै त्यसैको बदला लिएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना