२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केहिबेरमा दिल्लीले आइपिएलमा दोश्रो स्थानमा रहेको चेन्नईसँग खेल्दै, दिल्लीको टिम ११ सार्वजनिक

२०७५, १७ बैशाख सोमबार १४:१४

वैशाख १७, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा IPL 2018 को सबैभन्दा तल्लो स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले दोश्रो स्थानमा रहँदै बलियो पकड बनाएको चेन्नई सुपरकिंग्ससँग सामना गर्दैछ | साथै दिल्लीले टस जितेर फिल्ड रोजेको छ | 

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेपनि उनले खेल्न भने पाएका छैनन् | आजको आठौँ खेलमा पनि सन्दिपले अवसर पाएका छैनन् । सन्दिप आइपिएलमा अनुबन्धित हुनुनै नेपालको लागि ठूलो अवसर भएको बताइएको भए पनि खेलप्रेमी दर्शकहरुले एक पटक भए पनि उनलाई मैदानमा हेर्न चाहेका छन्दि भन्ने कुरा उनीहरुको प्रतिक्रियाबाट थाहा हुन्छ |  

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्लीले चेन्नईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ । खेलमा दुई खेल मात्र जितेको दिल्लीले जितको खोजी गर्नेछ भने चेन्नईले बलियो स्थान बनाउने आशा गरेको छ । 

दिल्लीले यस अघि ५ खेल हारीसकेकोले आजको खेल जित्नु निकै महत्वपूर्ण ठानेको छ । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा उसले निरन्तर जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।

यस अघिका कप्तान गौतम गम्भीरले कप्तानी छाडेपछी दिल्लीको कप्तानी श्रेयस आइयरले सम्हालेका छन । यस अघि कोलकातालाई ५५ रनले हराएको दिल्लीले आजको खेलमा पनि उत्कृष्ट पर्दर्शन गर्ने आशा गरिएको छ । 


यस अघि कोलकातासँगको खेलमा दिल्लीले जो-जो खेलाडी उतारेको थियो आज पनि उही खेलाडीहरुले खेल्दैछन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना