२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुम्बईलाई १४ रनले पराजित गरेपछि ब्यांग्लोरका कप्तानद्वारा अनुष्कालाई शुभकामना

२०७५, १८ बैशाख मंगलवार १८:४६

वैशाख १९, काठमाडौँ | जारी आईपिएल क्रिकेट सिजनको ३१ औं खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले पराजित गरेको छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको मुम्बईलाई ब्यांग्लोरले १६७ रनको लक्ष्य दिएको थियो जसलाई मुम्बईले पुरा ओभर खेल्दै ७ विकेट गुमाउंदा १५३ रन मात्र जोड्दा लक्ष्यमा पुग्न नसकेको हो | 


यसैबीच खेलमा मुम्बईलाइ जितेपछी ब्यांग्लोरका कप्तान बिराट कोहलीले आफ्नी पत्नी अनुष्का शर्मालाई जन्मदिनको शुभकामना दिएका छन् | बलिउडकि ख्यातिप्राप्त नायिका समेत रहेकी अनुष्काको आज परेको जन्मदिनको बिराटले शुभकामना दिएका हुन् | ब्यांग्लोरको खेलहरुमा लगातार अनुष्का खेल हेर्न मैदानमा पुग्ने गरेकी छन् |


ब्यांग्लोरले पहिले ब्याटिङ गर्दै पुरा ओभरमा ७ विकेट गुमाई १६७ रन जोडेको थियो | ब्यांग्लोरको लागि ओपनर मनन भोराले सर्वाधिक ४५ रन बनाए | भोराले ३१ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४५ रन बनाएका हुन् | त्यस्तै अर्का क्वीन्टन डीककले ७ रन बनाएर आउट भए | त्यस्तै ब्रेण्डन म्याकलम ३७ रनमा रन आउट भए | त्यसपछि चौथो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए | कोहलीले २६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३२ रन बनाएर आउट भएका थिए | त्यस पछी ब्यांग्लोरको पाँचौ विकेटको रुपमा मन्दिप सिङ १४ रन बनाएर बाहिरिए | त्यसपछि कोलिन डे ग्रयाण्डहोमले नट आउट रही १० बलमा २३ रन जोडे | त्यस्तै वासिङटन सुन्दर १ रन बनाएर आउट भए भने टिम साउथेले १ रन बनाए | अन्तिममा नट आउट रही ब्यांग्लोरका उमेश यादवले २ बलमा २ बलमा १ रन ल्याएको थियो | 

यसरी ब्यांग्लोरले १६७ रनको स्कोर जोड्यो | जुन स्कोर जोड्नको लागि अन्तिम ओभरमा १ बलमै १३ रन जोडेको थियो | उसले एउटा फ्री हिट र एक छक्का प्राप्त गरि १३ रन जोड्न सकेको हो | ब्यांग्लोरको ७ विकेट लिने क्रममा हार्दिक पाण्डेले सर्वाधिक ३ विकेट लिए भने मायंक मार्कन्डे, जसप्रित बुम्राह र मिचेल म्याक्लेनघनले १/१ विकेट लिएका थिए | 


ब्यांग्लोरले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका लागि सूर्यकुमार यादवले ९ रन, इशान किसन बिना रन आउट, जेपी दुमनीले २३ रन जोडेका थिए | सुरुवातमा नै मुम्बईले राम्रो खेल्न नसक्दा पछी आएका हार्दिक पाण्डे बाहेक अन्यले राम्रो पारी खेल्न सकेनन् | हार्दिक पाण्डेले ४२ बलमा ५० रन जोडे भने रोहित शर्मा बिना रन आउट भए | त्यस्तै किरोन पोलार्ड १३ रनमै आउट भए भने कुर्णाल पाण्डेले २३ रन जोडे | त्यसपछि भने मुम्बईको विकेट गुमन तर खेल ब्यांग्लोरकै दवाबमा रहँदा मुम्बईको लागि अन्तिम ओभरसम्म खेलेका बेन कटिङले १२ रन जोडे भने अन्तिम ओभरको पहिलो बलमै कुर्णाल पाण्डे आउट भएपछि आएका मिचेल म्याक्लेनघनले ब्याटिङ गर्ने अवसरनै नपाउंदै २० ओभरको खेल सकियो | जतिबेला मुम्बईले ७ विकेट गुमाएर १५३ रन मात्र जोड्न सक्यो | जसको कारण ब्यांग्लोरले दिएको लक्ष्य पुरा गर्न नसकी १४ रनले पराजित हुन पुग्यो | 


मुम्बईको विकेट लिने क्रममा ब्यांग्लोरका टिम साउथे, उमेश यादव र मुहम्मद सिराजले २/२ विकेट लिएका थिए | खेलको अन्तिम ओभरमा कोहलीले कुर्णाल पाण्डेलाई आकर्षक क्याच आउट गरेका थिए |

आजको खेल जितेसँगै रोयल च्यालेन्जर्स ब्यांग्लोर ८ खेलमा ३ खेल जित्दै पाँचौं स्थानमा उक्लिएको छ भने मुम्बई ८ खेलमा २ खेल मात्र जित्दै सातौँ स्थानमा झरेको छ | 

अब आज बेलुका दिल्ली डेयरडेभल्स र राजस्थान रोयल्सले खेल्दैछ | ७ खेलमा ३ खेल जित्दै राजस्थान छैटौं स्थानमा छ भने ८ खेल खेलिसकेको दिल्ली २ खेलमात्र जित्दै अन्तिम स्थानमा छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना