२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पानीको कारण आज दिल्ली र राजस्थानबीचको खेल केहीबेरपछी सुरु हुने, टिम ११ मा को-को छन् ?

२०७५, १९ बैशाख बुधबार १४:३८

वैशाख १९, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा IPL 2018 को सबैभन्दा तल्लो स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले छैटौं स्थानमा रहेको राजस्थान रोयल्स बीच मुकाबिला हुँदैछ | यसैबीच पहिले टस जितेर राजस्थान रोयल्सले फिल्ड रोजेको छ | 

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेपनि उनले खेल्न भने पाएका छैनन् | आजको खेलमा पनि सन्दिपले अवसर पाएका छैनन् । सन्दिप आइपिएलमा अनुबन्धित हुनुनै नेपालको लागि ठूलो अवसर भएको बताइएको भए पनि खेलप्रेमी दर्शकहरुले एक पटक भए पनि उनलाई मैदानमा हेर्न चाहेका छन्दि भन्ने कुरा उनीहरुको प्रतिक्रियाबाट थाहा हुन्छ |  

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हुने खेल ८ बजेर १५ मिनेटमा हुन्छ तर अहिले पानी परिरहेकाले केहीबेरमा मात्र खेल हुनेछ । खेलमा दुई खेल मात्र जितेको दिल्लीले जितको खोजी गर्नेछ भने राजस्थान रोयल्सले ७ खेलमा ३ खेल जितेर आजको खेलमा जित्दै माथिल्ल्लो स्थानमा उक्लिने कोसिस गर्नेछ । 

दिल्लीले यस अघि ६ खेल हारीसकेकोले आजको खेल जित्नु उसको लागि निकै महत्वपूर्ण छ । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा उसले निरन्तर जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।

यस अघिका कप्तान गौतम गम्भीरले कप्तानी छाडेपछी दिल्लीको कप्तानी श्रेयस आइयरले सम्हालेका छन । यस अघि चेन्नईसँग हारेको दिल्लीले आजको खेलमा पनि उत्कृष्ट पर्दर्शन गर्ने आशा गरिएको छ । 

को-को छन् टिम ११ मा ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त