खेलमा टस जितेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खेलमा टस जितेर "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपिएलमा राजस्थानलाई ४ रनले जित्दै दिल्ली २ स्थान माथि उक्लियो

२०७५, १९ बैशाख बुधबार १९:४१

वैशाख २०, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत बुधबार भएको ३२ औं खेलमा दिल्ली डेयर डेभल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ |


खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको राजस्थानलाई दिल्लीले आकर्षक खेल खेल्दै १७.१ ओभरको खेलमा १९६ रन बनाउँदै गर्दा पानी परेपछि खेल रोकिएको थियो  | पछी खेल १२ ओभरमा झार्दै राजस्थानले १२ ओभरमा १५१ रनको लक्ष्य पछ्याउनु पर्ने भयो | 

उक्त लक्ष्यलाई पछ्याउने क्रममा राजस्थानले आक्रामक ब्याटिङ गरेको थियो | जसको कारण १२ ओभरको खेलको अन्तिम बलमा जितका लागि ६ रन मात्र आवश्यक रहँदा राजस्थानले २ रन मात्र बनाउन सक्दा दिल्ली ४ रनले जित्न पुग्यो | राजस्थानका लागि ओपनर डी आरसी सर्टले २५ बलमा ४४ रन बनाए | तर उनीसंगै ओपनरको रुपमा आएका जोस बटलरले २६ बलमै ६७ रन जोदेपछी दिल्लीलाई खेलमा निकै अफ्ट्यारो पारेको थियो | बटलरले २५७.६९ स्ट्राइकरेटका साथ आक्रामक पारी खेलेपछि खेल दिल्लीको हातबाट झन्डै फुत्किसकेको थियो तर उनि आउट भएपछी दिल्लीलाई केहि राहत मिल्यो | तेश्रो ब्याट्सम्यानका रुपमा आएका सन्जु सामसनले ५ बलमा ३ रन मात्र जोड्न सके | चौथा ब्याट्सम्यानका रुपमा आएका बेन स्टोक्स पनि १ रन बनाएर आउट भए | त्यसपछि आएका राहुल त्रिपाठीले ९ रन बानाए भने कृष्णपा गौतमले नट आउट ६ बलमा १७ रन जोडे | खेलमा गौतम दिल्लीका लागि भारी सावित हुन सक्थे किनकी गौतमको हातमा १ बल खेल्न बाँकी छँदा जितका लागि राजस्थानले ६ रन मात्र ल्याउनुपर्ने थियो तर २ रन मात्र जोड्दा दिल्लीले जित्न पुग्यो |

खेलमा राजस्थानको विकेट लिने क्रममा ट्रेन्ट बोल्टले २ विकेट लिए भने अमित मिश्र र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए | 

यस अघि पहिले ब्याटिङ गर्ने क्रममा दिल्लीका ओपनर पृथ्वी सावले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेका थिए | सावसंगै ओपनर ब्याट्सम्यान कोलिन मुनरोभने पहिलो बलमै बिना रन आउट भए | मुनरो आउट हुँदा दिल्लीले जम्मा १ रन जोडेको थियो | 

त्यसपछि आएका दिल्लीका कप्तान श्रेयस यैएरले कप्तानी पारी खेले उनले आजको खेलमा अर्धसतक बनाए | उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेका थिए | त्यसपछि चौथो ब्याट्सम्यानका रुपमा आएका रिशब पन्तले ६९ बनाए | पन्तले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए |


त्यसपछि आएका ग्लेन म्याक्सवेलले ५ बलमा ५ रन बनाएर आउट भए भने विजय शंकर ६ बलमा १५ रन बनाई आउट भए | त्यतिबेलासम्म दिल्लीले १९६ रन जोडेको थियो |  

बर्षाको कारण १८ ओभरमा समेटिएको खेलमा दिल्लीले १७.१ ओभरको खेलमा ब्याटिङ गर्दै गर्दा फेरी बर्षा हुनपुग्यो त्यसपछि खेललाई घटाई १२ ओभरमा झारियो र १५१ रनको लक्ष्य दिईएको थियो | दिल्लीको विकेट लिने क्रममा राजस्थानका जयदेव उनदकडले ३ विकेट लिए भने धवल कुल्करनी, जोफ्रा आर्चर र श्रेयस गोपालले १/१ विकेट लिएका थिए | 


आजको खेल जित्दै दिल्ली आठ टिम रहेको आइपिएल सिजन ११ को छैटौं स्थानमा उक्लिएको छ | ६ प्वाइन्ट पाएको दिल्ली भन्दा अगाडी रोयल च्यालेन्जर्स ब्यांग्लोर पाँचौं स्थानमा छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना