२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकाताद्वारा चेन्नई ६ विकेटले पराजित, अब कुन टिम कतिऔं स्थानमा परे ?

२०७५, २० बैशाख बिहीबार १८:३५

वैशाख २१, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत जारी ३३ औं खेलमा आज कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई  ६ विकेटले पराजित गरेको छ | कोलकाताको गृहमैदान ईडन गार्डनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको टिमले २० ओवरको खेलमा ५ विकेट गुमाई १७७ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सको टिमले १७८ रनको लक्ष्य पाएको थियो | जसलाई कोलकाताले ४ विकेटको क्षेतीमा १७.४ ओभरको खेलमै पुरा गर्दै चेन्नईलाई ६ विकेटले हराएको थियो |


कोलकाताको लागि युवा ब्याट्सल्यान शुभमन गिलले ३६ बलमा छ चौका र दुई छक्काको मद्दतबाट नटआउट ५७ रनको पारी खेलेका थिए | त्यस्तै कोलकाताका कप्तान दिनेश कार्तिकले १८ बलमा सात चौका र एक छक्का प्रहार गर्दै नट आउट ४५ रन बनाएका थिए | नटआउट रही यी दुई खेलाडीले सम्मानजनक खेल खेल्दै सहजै कोलकाताले चेन्नईलाई जित्न सक्यो | यस अघि कोलकाताका ओपनरहरु क्रिस लिनले ६ बलमा १२ रन, सुनिल नारिनेले २० बलमा ३२ रन, रोबिन उथप्पाले ८ बलमा ६ रन, र रिंकु सिङले १८ बलमा १६ रन बनाएका थिए | 

कोलकाताको ब्याट्सम्यानहरुको विकेट लिने क्रममा चेन्नईका लुंगी एन्गीदी, केएम असिफ, रविन्द्र जाडेजा र हरभजन सिङले १/१ विकेट लिएका थिए | 


चेन्नईले कोलकातालाई दिएको थियो १७८ रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको चेन्नई सुपर किंग्सको टीमले २० ओभरको पुरा खेलमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सको टीमलाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो | चेन्नईको लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ४३ रन बनाए जबकि शेन वाटसनले ३६ रनको पारी खेलेका थिए |


चेन्नई सुपरकिंग्सका कुनै ब्याट्सम्यानले सुरुवातमा राम्रो खेल्न सकेनन् | खेलमा सुरेश रैनाले ३१ र फाफ डु प्लेसिस २७ रन बनाएका थिए |

खेलमा चेन्नईलाई दवावमा राख्दै कोलकाताका लागि सुनील नरेनले चार ओभरमा ३१ रन दिएर २ विकेट हाँसिल गरेका थिए | त्यस्तै पीयूष चावलाले ३५ रन दिएर २ विकेट हासिल गरे | त्यस्तै शिवम मावीले तीन ओभरमा २१ रन मात्र दिए तर उनले विकेट भने लिन सकेनन् | 


आजको खेलमा चेन्नईलाई जित्दै कोलकाता आइपिएल सिजन ११ को तेश्रो स्थानमा छ | उसले ९ खेलमा आजको सहित ५ खेल जित्दै १० प्वाइन्ट जोडेको छ | समान अंक पाएको किंग्स ईलाभेन पंजाव चौथो स्थानमा छ तर पंजाव अगाडी आउने सम्भावना छ | कोलकाताले ९ खेल खेल्दा पंजावले ७ खेल खेलेको छ भने २ पटक मात्र हार व्यहोरेको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?