८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकाताद्वारा चेन्नई ६ विकेटले पराजित, अब कुन टिम कतिऔं स्थानमा परे ?

२० बैशाख २०७५, बिहीबार १८:३५

वैशाख २१, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत जारी ३३ औं खेलमा आज कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई  ६ विकेटले पराजित गरेको छ | कोलकाताको गृहमैदान ईडन गार्डनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको टिमले २० ओवरको खेलमा ५ विकेट गुमाई १७७ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सको टिमले १७८ रनको लक्ष्य पाएको थियो | जसलाई कोलकाताले ४ विकेटको क्षेतीमा १७.४ ओभरको खेलमै पुरा गर्दै चेन्नईलाई ६ विकेटले हराएको थियो |


कोलकाताको लागि युवा ब्याट्सल्यान शुभमन गिलले ३६ बलमा छ चौका र दुई छक्काको मद्दतबाट नटआउट ५७ रनको पारी खेलेका थिए | त्यस्तै कोलकाताका कप्तान दिनेश कार्तिकले १८ बलमा सात चौका र एक छक्का प्रहार गर्दै नट आउट ४५ रन बनाएका थिए | नटआउट रही यी दुई खेलाडीले सम्मानजनक खेल खेल्दै सहजै कोलकाताले चेन्नईलाई जित्न सक्यो | यस अघि कोलकाताका ओपनरहरु क्रिस लिनले ६ बलमा १२ रन, सुनिल नारिनेले २० बलमा ३२ रन, रोबिन उथप्पाले ८ बलमा ६ रन, र रिंकु सिङले १८ बलमा १६ रन बनाएका थिए | 

कोलकाताको ब्याट्सम्यानहरुको विकेट लिने क्रममा चेन्नईका लुंगी एन्गीदी, केएम असिफ, रविन्द्र जाडेजा र हरभजन सिङले १/१ विकेट लिएका थिए | 


चेन्नईले कोलकातालाई दिएको थियो १७८ रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको चेन्नई सुपर किंग्सको टीमले २० ओभरको पुरा खेलमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सको टीमलाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो | चेन्नईको लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ४३ रन बनाए जबकि शेन वाटसनले ३६ रनको पारी खेलेका थिए |


चेन्नई सुपरकिंग्सका कुनै ब्याट्सम्यानले सुरुवातमा राम्रो खेल्न सकेनन् | खेलमा सुरेश रैनाले ३१ र फाफ डु प्लेसिस २७ रन बनाएका थिए |

खेलमा चेन्नईलाई दवावमा राख्दै कोलकाताका लागि सुनील नरेनले चार ओभरमा ३१ रन दिएर २ विकेट हाँसिल गरेका थिए | त्यस्तै पीयूष चावलाले ३५ रन दिएर २ विकेट हासिल गरे | त्यस्तै शिवम मावीले तीन ओभरमा २१ रन मात्र दिए तर उनले विकेट भने लिन सकेनन् | 


आजको खेलमा चेन्नईलाई जित्दै कोलकाता आइपिएल सिजन ११ को तेश्रो स्थानमा छ | उसले ९ खेलमा आजको सहित ५ खेल जित्दै १० प्वाइन्ट जोडेको छ | समान अंक पाएको किंग्स ईलाभेन पंजाव चौथो स्थानमा छ तर पंजाव अगाडी आउने सम्भावना छ | कोलकाताले ९ खेल खेल्दा पंजावले ७ खेल खेलेको छ भने २ पटक मात्र हार व्यहोरेको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता