८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मर या मार’ को खेलमा हैदरावादद्वारा दिल्ली ७ विकेटले पराजित

२२ बैशाख २०७५, शनिबार १८:२७

वैशाख २३, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत सिजन ११ को ३६ औं खेलमा दिल्ली डेयरडेभल्स ७ विकेटले पराजित भएको छ | दिल्लीको लागि 'मर या मार'को स्थितिमा रहेको आजको खेलमा दिल्लीले दिएको १६४ रनको लक्ष्य हैदरावादले १९.५ ओभरको खेलमा पुरा गर्दै आइपिएलको शिर्ष स्थानमा उक्लिएको छ | 


टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि ओपनर पृथ्वी साव र कप्तान श्रेयस एइएरबाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर जोड्न सकेनन् | खेलमा पृथ्वी सावले ३६ बलमा ६५ रन जोडेका थिए | सावले खेलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए | ओपनर सावसँगै ओपनिङमा आएका ग्लेन म्याक्सवेल ३ बलमा २ रन मात्र बनाएर आउट हुन पुगे | म्याक्सवेल १.४ ओभरको खेलमै आउट भएका थिए जतिबेला दिल्लीले जम्मा ९ रनको स्कोर बनाएको थियो |


त्यसपछि खेलमा दिल्लीका कप्तान श्रेयस ऐइएर आए | उनले ३६ बलमा ४४ रन जोडेका थिए | तेश्रो विकेटको रुपमा कप्तान १५.१ ओभरमा आउट भए | त्यसपछि दिल्लीको खेल केहि खराब हुन पुग्यो जसको कारण १६.१ ओभर, १६.५ ओभरमा विकेट गुम्यो | साथै ब्याट्सम्यानहरुले राम्रो स्कोर जोड्न सकेनन् |

खेलमा कप्तान एयरपछी रिशव पन्तले १९ बलमा १८ रन मात्र जोडे भने नमन ओझा ४ बल खेलेर १ रन बनाई रन आउट भए | त्यसपछि आएका विजय शंकरले नट आउट रही १३ बलमा २३ रन जोडे भने दान क्रिस्टियनले नट आउट रही ९ बलमा ७ रन जोडेर दिल्लीको खातामा १६३ रन जोडे | दिल्लीको ५ विकेट लिने क्रममा हैदरावादका रासिद खानले २ विकेट लिए भने सिद्धार्थ कौलले १ विकेट लिएका थिए | 


खेलमा दिल्लीले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा सन्राइजर्स हैदरावादका लागि सर्वाधिक रन एलेक्स हल्सले ४५ रन जोडे | त्यस्तै अर्का ओपनर शिखर धवनले ३० बलमा ३३ रन बनाएर आउट भए | त्यस्तै हैदरावादको तेश्रो विकेटको रुपमा मनिष पाण्डे क्याच आउट हुनपुगे | उनले १७ बलमा २१ रन जोडेका थिए | 

खेलमा अन्तिम ओभरमा हैदरावादलाई १४ रन आवश्यक थियो तर हैदरावादका युसुफ पठानले सानदार खेल खेले उनले १२ बलमा २७ रन जोडे | उनको रनको योगदानले अन्तिम १ बल बाँकी छँदै हैदरावादलाई आवश्यक लक्ष्य पुरा भयो | हैदरावादको लक्ष्य पुरा गर्न काने विलियमसनले नट आउट रही ३० बलमा ३२ रन जोडेर सहयोग गरेका थिए | 


हैदरावादको ३ विकेट लिने क्रममा दिल्लीका अमित मिश्रले २ विकेट लिए भने लियम प्लुन्केटले १ विकेट लिएका थिए | 


आजको खेल हारेसँगै दिल्लीको अन्तिम ४ मा पुग्ने सम्भावना अटरेको छ | अब दिल्ली अन्तिम ४ मा पुग्ने सम्भावना अन्य टिमको खेलले निर्भर गर्नेछ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता