८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: हैदरावादद्वारा ब्यांग्लोर ५ रनले पराजित (८ टिममा को कुन स्थानमा ?)

२४ बैशाख २०७५, सोमबार १८:३५

वैशाख २५, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको ३९ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ५ रनले पराजित गरेको छ | 

आफ्नो घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले १६ ओभरमा १०८ रन बनाउँदा ५ विकेट मात्र गुमेको थियो तर अन्तिम खेलसम्ममा रोयल च्यालेन्जर्स ब्यांग्लोरले हैदरावादलाई अल आउट गरिदियो | जसको कारण हैदरावादले १४६ रन मात्र बनाउन सक्यो र ब्यांग्लोरलाई जितको लागि १४७ रनको लक्ष्य प्रस्तुत गर्यो | 


खेलमा हैदरावादका लागि १४६ रन जोड्ने क्रममा एलेक्स हल्सले ५ रन, शिखर धावनले १३ रन, केन विलियमसनले सर्वाधिक ५६ रन, मनिष पाण्डेले ५ रन सकिब अल हसनले ३५ रन, युसुफ पठानले १२ रन, व्रिद्दिमान साहाले ८ रन, रशिद खानले १ रन, भुवनेश्वर कुमार नट आउट रही  १ रन, सिद्धार्थ कौलले १ रन लिए भने सन्दिप शर्मा बिना रन आउट भएका थिए | हैदरावादलाई अलआउट गर्ने क्रममा रोयल च्यालेन्जर्स ब्यांग्लोरका टिम साउथे र मोहम्मद सिराजले ३/३ विकेट लिए भने उमेश यादव र युज्भेन्द्र चाहलले १/१ विकेट लिएका थिए | 


खेलमा हैदरावादले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा ब्यांग्लोरका मनन भोराले ८ रन, पार्थिव पटेलले २० रन, कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन, एबी डेभिलियर्सले ५ रन, मोइन अलिले १० रन, मन्दिप सिङले नट आउट रही २१ रन बनाए भने अर्का ब्याट्सम्यान कोलिन डे ग्रयाण्डहोम अन्तिम ओभरको अन्तिम बलमा ६ रन मात्र आवश्यक हुँदा आउट हुन पुगेपछी ब्यांग्लोरले १४१ रन मात्र बनाउन सक्यो र हैदरावादसँग ५ रनले पराजित हुन पुग्यो | 

ब्यांग्लोरलाई १४१ रनमै रोक्ने क्रममा हैदरावादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र रशिद खानले १/१ विकेट लिएका थिए | 

खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोर पराजित हुँदै आइपिएलको छैटौं स्थानमा छ भने खेलमा ८ औं जित दर्ता गर्दै सनराइजर्स हैदरावाद सबैभन्दा शिर्ष स्थानमा छ | 

आईपिएल टिम-८ मा को-को कुन स्थानमा ? 

1. Sunrisers Hyderabad *16 pts 

2. Chennai Super Kings *14 pts

3. Kings XI Punjab *12 pts

4. Kolkata Knight Riders *10 pts 

5. Mumbai Indians *8 pts

6. Royal Challengers Bangalore * 6 pts

7. Delhi Daredevils *6 pts

8. Rajasthan Royals * 6 pts 

आइपिएलमा ८ टिम मध्ये ६ टिमले १०/१० खेल खेलिसकेका छन् भने अब किंग्स ईलाभेन पंजाव र राजस्थान रोयल्सले ९/९ खेल खेलेका छन् अब किंग्स ईलाभेन पंजाव र राजस्थान रोयल्सको खेल मंगलबार राति ८:१५ बजे हुनेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता