८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL को ४० औं खेलमा पन्जावलाई पराजित गर्दै राजस्थान छैटौं स्थानमा उक्लियो

२५ बैशाख २०७५, मंगलवार १८:३८

वैशाख २६, काठमाडौँ | आईपिएल क्रिकेट अन्तर्गत सिजना ११ को ४० औं खेलमा राजस्थान रोयल्सले किंग्स ईलाभेन पन्जाव १५ रनले पराजित गरेको छ | 'मर वा मार' को स्थितिमा रहेको राजस्थानले आफ्नो घरेलु मैदानमा किंग्स इलाभेन पन्जाबलाई १५ रनले पराजित गरेको हो |

खेलमा बिजयी हुँदै राजस्थानले आईपिएलको टप-चारमा पुग्ने सम्भावना जिवितै राखेको छ |


आजको खेलमा १५९ रनको लक्ष्य पाएको पन्जाबको टिमले निर्धारित २० ओभरको खेलमा १४३/७ रन मात्र बनाउन सक्यो | पन्जाबका लागि ब्याट्सम्यान केएल राहुल एक्लैले ९५ रन बनाए तर अन्य ब्याट्सम्यानले ११ रन भन्दा बढी रन जोड्न सकेनन् | निकै बलिया ब्याट्सम्यान क्रिस गेललाई समेत राजस्थानका बलर जोस बटलरले पहिलो बलमै १ रन मात्र बनाउन दिएर आउट गरिदिएका थिए | पन्जावका होनाहार ब्याट्सम्यानहरुलाई सस्तैमा समेट्ने क्रममा राजस्थानका कृष्णप्पा गौतमले २ विकेट लिए भने जोफ्रा आर्चर, जयदेव उन्नदकड, बेन स्टोक्स र इश सोधीले १/१ विकेट लिएका थिए | 


खेलमा पन्जावलाई १५९ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा राजस्थानका जोस बटलरले सर्वाधिक ५८ बलमा ८२ रन बनाएका थिए | त्यस्तै सन्जु स्यामसनले २२ रन बनाए भने बेन स्टकले १४ रन र स्टर्ट  बिनिले ११ रन बनाए | बाँकी ब्याट्सम्यानले भने ९ रन भन्दा बढी कटाउन सकेनन् | राजस्थानको ३ विकेट पन्जावले अन्तिम ओभरमा लिएको थियो | 

राजस्थानको विकेट लिने क्रममा पन्जावका आन्द्रे टेले मात्र ४ विकेट लिन सफल भए | त्यस्तै मुजिव अर रहमानले २ विकेट र मार्कस स्टोइन्सले १ विकेट लिएका थिए | 


आजको खेलमा जित्दै राजस्थानको टिम १० खेलमा ४ खेल जित्दै सबैभन्दा तल्लो स्थानबाट छैटौं स्थानमा उक्लिन सफल भएको छ भने पन्जाव १० खेलमा ६ खेल जित्दै तेश्रो स्थानमा छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता