वैशाख २९, काठमाडौँ | राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई IPL सीजन ११ को ४३ औं खेलमा ४ विकेटले पराजित गरेको छ | जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको टिमले २० ओभरको खेलमा ४ विकेट गुमाई १७६ रन बनाएको थियो र राजस्थान रोयल्सलाई जीतको लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाबी ब्याटिङमा राजस्थान रोयल्सले १ बल मात्र बाँकी छँदा चेन्नईले दिएको लक्ष्य हाँशिल गर्दै १७७ रन बनायो र आइपिएलमा दोश्रो स्थानमा रहेको चेन्नईमाथि शानदार जीत दर्ता गरायो |
चेन्नई सुपर किंग्सका लागि सुरेश रैनाले ३५ बलमा ५२ रनको पारी खेलेका थिए, जसमा शेन वाटसनले ३९ रन बनाएका थिए | त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले २३ बलमा ३३ रन बनाएका थिए | राजस्थान रोयल्सले चेन्नईको विकेट लिने क्रमनमा जोफ्रा आर्चरले २ विकेट लिएका थिए भने ईश सोढ़ीले एक विकेट हासिल गरे | खेलमा चेन्नईको सुरुवात खराव रह्यो | ८ ओभरको खेलसम्ममा चेन्नईले ६४ रन मात्र जोड्न सकेको थियो |
यसपछि ब्याटिङमा आएको राजस्थानका लागि ओपनर ब्याट्सम्यान जोस बटलरले नटआउट ९५ रनको पारी खेले | उनले ६० बलमा ११ चौका र २ छक्का प्रहार गर्दै राजस्थानका लागि जित दिलाएर छाडे | खेलमा बटलर बाहेक कुनैपनि ब्याट्सम्यानले २२ रनभन्दा बढी जोड्न सकेनन् | स्टर्ट बिन्नीले २२ रन बनाए भने सन्जु सेमसन २२ बल खर्च गरेर २१ रन बनाई रनआउट भए | राजस्थानको ६ विकेट लिने क्रममा चेन्नईका दविद विल्ली, हरभजनसिङ, रविन्द्र जाडेजा, श्रदुल ठाकुर र द्वाने ब्रावोले १/१ विकेट लिएका थिए |
राजस्थानको लागि जित्नैपर्ने आवाश्यक रहेको यस खेलमा जितेसँगै अब राजस्थान रोयल्स ११ खेलमा ५ खेल जित्दै छैटौं स्थानमा पुगेको छ | तर चेन्नई दोश्रो स्थानमा कायम छ | चेन्नईले आफ्ना ११ खेलमा ७ खेल जित्दै १४ अंक सहित आफुलाई क्वालीफायरमा पाउर्याउने बाँकी खेल कुर्दैछ |