२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल खेलेपछि सन्दीप लामिछानेले दिए यस्तो प्रतिक्रिया

२०७५, ३० बैशाख आईतवार १६:२८

वैशाख ३०, काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको खेलको चर्चा भइरहेको छ ।

यस्तोमा सन्दीपले भने आफूले खेल्ने र नखेल्ने कुरा भन्दा गएको झण्डै डेढ महिनामा के सिकें त्यो ठूलो कुरा भएको बताएका छन् । साथै उनले आफू जस्तै खेलाडी नेपालमा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

‘मलाई लाग्छ यो खाले अवसरले खेल क्षमता बढाउन निकै सहयोग गर्छ । खेल राम्रो हुन धेरै समय क्रिकेटमै व्यस्त हुनुपर्छ’ क्रिकेट डटकमसँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले जसरी आईपीएलमा अवसर पाएर सिकिरहेको छु । मजस्ता प्रतिभा नेपालमा धेरै छन् । यो एउटा सुरुवात हो अब नेपालका अन्य प्रतिभाले पनि अवसर पाउने आशा छ ।’

दिल्ली डेयरडेभिल्सबाट ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका उनको बलिङ टिममा सबैभन्दा राम्रो देखिएको थियो । खेलमा दिल्ली ५ विकेटले पराजित भए पनि सन्दीपले गरेको बलिङ उत्कृष्ट रहेको क्रिकेट विश्लेषकहरुले बताइरहेका छन् ।


आईपीएल अक्सनमा बिकेर इतिहास बनाएका सन्दीपले खेलमा पनि आफ्नो प्रभाव छाड्न सफल भएका छन् । वेस्ट इन्डिजमा हुने क्यारेबियन पि्रमियर लिग (सीपीएल) मा पनि सन्दीप नेभिस प्याटि्रयोट्समा अनुबन्धित भएका छन् ।

शनिबार दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले क्याप दिँदा पनि उनी निकै उत्साहित भएका थिए । त्यही उत्साहलाई मर्न नदिइ उनले आफूलाई प्रमाणित पनि गरे ।

‘हरेक समय तपाईं के सिकिरहनु भएको छ त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । यहाँ राम्ररी सिक्न पाएको छु । गएको डेढ महिना निकै फलदायी भएको छ’ उनले भने, ‘पोन्टिङ जस्तो उत्कृष्ट प्रशिक्षक पाएका छौं । कप्तान पनि राम्रा छन् । यहाँ हरेक खेलाडी धेरै राम्रा छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना