८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीका कप्तान श्रेयसले भने ‘ब्यांग्लोरसँग हार्नुमा बलर जिम्मेवार’, सन्दिपको तारिफ

३१ बैशाख २०७५, सोमबार ०२:४१

वैशाख ३१, काठमाडौँ | दिल्ली डेयरडेविल्सका कप्तान श्रेयस अय्यरले रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग दिल्लीले हार्नुमा बलरहरु जिम्मेवार भएर्को बताएका छन् । 

दिल्लीले शनिवार राति आफ्नो घरेलु मैदान फिरोजशाह कोटला मैदानमा चार विकेट गुमाई १८१ रनको बलियो स्कोर बनाएको थियो तर केहि बलरहरुले राम्रो पर्दर्शन गर्न नसक्दा दिल्लीले खेलमा हार्नु परेको उनको भनाई छ । अय्यरले म्याच पछी बोल्दै भने," शुरुवातमा हामीलाई लाग्यो कि १८१ को स्कोर निकै राम्रो स्कोर हो र त्यसको बचावट गर्न सकिन्छ । दुर्भाग्यपूर्ण, हामीले त्यसको बचावट गर्न सकेनौं । ब्याट्सम्यानहरुले राम्रो ब्याटिङ गरे तर बलरहरुले मैदान रणनीतिलाई सम्हाल्न नसक्दा हार्नुपर्यो ।

उनले भने, "मलाई कप्तान हुनुको नाताले कुनैपनि दबाव छ जस्तो लाग्दैन । मसंग केहि कोच र सल्लाहकार छन् जसबाट मैले नियमित रुपमा सिकीरहेको हुन्छु । हामी पहिलेदेखिनै म्याचमा तीन-चार फेरबदल गरिरहेका छौं । आशा छ कि आगामी सीजन हाम्रो टीम थप सेट हुनेछ ।" 

ब्यांग्लोरका एबी डीविलियर्सद्वारा संदीप लामिछानेको तारीफ

शनिबार आफ्नो पहिलो डेब्यु खेलेका नेपाली क्रिकेटर सन्दिप लामिछानेको अन्तर्राष्ट्रिय प्रभाव जमाईसकेका तथा ब्यांग्लोरका खतरनाक ब्याट्सम्यान एबी डीविलियर्सले तारिफ गरेका छन् । इन्डियन प्रीमियर लीगमा सन्दिपको पर्दर्शनलाई लिएर डीविलियर्सले सन्दिपको तारीफ गरेका हुन् ।

आरसीबीको टिमले विराट कोहली र एबी डीविलियर्सको शानदार अर्धशतकीय पारीसँगै शनिबारको खेलमा दिल्ली डेयरडेविल्सलाई पराजित गर्दै टूर्नामेन्टबाट बाहिर पठायो तर त्यहि खेलमा आइपिएल २०१८ कै बेष्ट इकोनोमी बलर अन्तर्गत तेश्रो स्थानमा रही सन्दिपले सानदार पर्दर्शन गरेकोमा क्रिकेटरहरुले सन्दिपको तारिफ गरेका हुन् । म्याच पछि भएको पोस्ट म्याच प्रिजेन्टेशनमा म्यान अफ द म्याच चुनिएका एबी डीविलियर्सले भने, "लामिछाने मात्र १७ बर्षका छन् र यस्तो पर्दर्शन । यस्तो खेल क्रिकेटको लागि निकै राम्रो चीज हो । युवा खेलाडीहरुको यस्तो राम्रो खेल देखेर खुसि लाग्छ ।"

यस बर्ष भएको आईपीएलमा दिल्ली डेयरडेविल्सद्वारा किनिएका नेपाली युवा खेलाडी सन्दीप लामिछानेले आफ्नो डेब्यूको लागि १२ औं खेल कुर्नुपर्यो तर पहिलो खेलमै उनले आईपिएलप्रेमीहरुलाई खुसि मात्र बनाएनन् आगामी दिनमा पनि आइपिएलमा किनिने स्थान बनाए । सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २५ रन मात्र दिएर पार्थिव पटेललाई आउट गरे । 

दिल्लीका कप्तान श्रेयस अय्यरले सन्दीपलाई पहिलो ओभर दिए र उनले फेरी तेश्रो ओभरको खेलमा पनि सन्दिपलाई नै पठाएर निकै सफल ओभर हात पार्ने काम गरे । तेश्रो ओभरको खेल जारि रहँदा चौथो बलमा सन्दिपको बलिङले ब्यांग्लोरका पार्थिव पटेल आउट भए । त्यसपछी सन्दिपले पहिलो बलमै एबी डीविलियर्स माथि शानदार गुगली दिएर आफ्नो बलिङको छाप पारे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता