2026-06-28 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो बन्दैछ नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला – हेर्नुस् १४ तश्वीर

माघ १६, काठमाडौँ | बुधबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा रंगशाला घोषणा कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नाममा निर्माण घोषणा गरिएको क्रिकेट स्टेडियम निर्माणमा आजै सहमति पत्रमा हस्ताक्षर भएको हो । 


सम्झौतापत्रमा फाउन्डेशनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर हानगरपालिकाका मेयर रेणु दाहालले हस्ताक्षर गरे । कुल क्षेत्रफल २० विगाहा ८ कठ्ठामा बन्ने रंगशाला करिब ३ अर्ब लागतमा निर्माण हुने भएको हो । यो आयोजना गुरुयोजना तयार भएको २ वर्षभित्र बनिसक्ने फाउन्डेसनका प्रमुख धुर्मुसले बताए । उनको अनुसार अबको साढे २ बर्षमै यो निर्माण भई भरतपुर महानगरपालिकालाई हस्तान्तरण हुनेछ । धुर्मुसले रंगशाला विश्वकै नमुना बन्ने समेत बताए ।


कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशालाको उद्घााटन खेल भारत र पाकिस्तानबीच हुने बताइन् । मेयर दाहालले भनिन, ‘भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन । त्यसैले उनीहरु एक अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खण्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’ 


रंगशाला निर्माण कार्यक्रममा नेकपा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल समेत उपस्थित थिए । त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, कांग्रेस महामन्त्री शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना भएकाले यसका लागि आफ्नो तर्फबाट सबै खाले सहयोग हुने बताए । 


कार्यक्रमकै दिन आज फाउन्डेसनले ४ करोड उठाउन सफल भएको छ । जसमा ३ करोड सहयोग एस ट्राभल्सले दिने घोषणा गरेको छ । त्यस्तै अल्का अस्पताल जावलाखेलले २५ लाख, चितवन उद्योग वाणिज्य संघले ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले ५ लाख, मुक्तिनाथ विकास बैंकले ५ लाख, मह सञ्चार तथा भद्रगोल टिमले १/१ लाख सहयोग दिने घोषणा गरेका छन् । त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष बद्री पंगेनीले १ लाख १ हजार १ सय ११, प्याब्सनकी दिपिका थापाले १ लाख १० हजार, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १/१ लाख सहयोग गर्ने घोषणा गरेका छन् । यसरी आजै ४ करोडको प्रतिवद्धता आएको छ । अब २ सय ९६ करोड उठ्न पर्नेछ । 

कस्तो बन्नेछ रंगशाला ? 

- क्रिकेट खेल मैदान कमलको फूल आकारको हुनेछ । 

- रंगशालामा ४ वटा प्रवेशद्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमता हुनेछ ।  

- रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेल्न सकिनेछ । 

- क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी रंगशालाभित्र नै रहनेछ । 

Cricket Stadium 3D Photos provided by Dhurmus Suntali Foundation.  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी