2026-09-22 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेन्नईद्वारा दिल्लीसामु १८० रनको लक्ष्य प्रस्तुत, सन्दीपको स्थानमा खेलेका मोरिस महँगो सावित

वैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको प्ले अफमा स्थान बनाएको दिल्ली र चेन्नईको खेलले चेन्नई वा दिल्लीलाई प्ले अफको शिर्ष स्थानमा राख्नेछ । रनरेटको आधारमा दिल्ली चेन्नई भन्दा माथि छ । 

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रिएका छन् ।  खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । यो क्रममा चेन्नईले दिल्ली सामु ४ विकेटको क्षेतीमा १८० 

रनको लक्ष्य प्रस्तुत गरेको छ । प्ले अफमा पुगिसकेका दुवै टोली दबाब रहित छन् । तर, शीर्ष स्थानमा रहनको लागि दुवैको आजको खेल निकै महत्वपूर्ण रहनेछ ।

खेलमा पहिले ब्याटिङ गरेको चेन्नईको लागि फाफ दुप्लेसीले ३९ रन, सुरेश रैनाले ५९ रन, महेन्द्र सिङ धोनीले नट आउट २२ बलमा ४४ रन, रविन्द्र जाडेजाले २५ रन र अम्बती रायडुले ७ रन जोडेर चेन्नईको स्कोर १७९ बनाएका थिए । चेन्नईको ४ विकेट लिने क्रममा दिल्लीका जगजित सुचितले २ विकेट लिए भने क्रिस मोरिस र अक्षेर पटेलले १/१ विकेट लिएका थिए । 

खेलमा १८० रनको लक्ष्य दिएको चेन्नईको लागि दिल्लीका क्रिस मोरिस निकै महँगा सावित भए   । उनले ४ ओभर खेलेर १ विकेट लिएर ४७ रन बनाउन दिएका थिए । जुन दिल्लीको लागि निकै खराव पर्दर्शन हो । क्रिस मोरिसको स्थानमा सन्दिपलाई खेलाईएको भए आज सन्दिपले क्रिस मोरिसको महँगो खेललाई कम गर्न सक्ने अनुमान गर्न सकिन्छ । यदी आज दिल्ली पराजित भए क्रिसको स्थानमा सन्दिपलाई नराख्नुको आलोचना दिल्लीले खेप्नुपर्नेछ । 

यो समाचार तयार पार्दासम्म चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ब्याटिङ गर्दैछ । खेलआ ५.२ ओभरको खेलसम्ममा १ विकेट गुमाएर दिल्लीले ५२ रन जोडेको छ । क्रिजमा दिल्लीका श्रेयस ऐयर र शिखर धावन खेल्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित