2026-09-22 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL मा दिल्ली क्यापिटलको सबैभन्दा खराव पर्दर्शन: चेन्नईद्वारा ९९ रनमै अलआउट

वैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत चेन्‍नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ८० रनको फराकिलो स्कोरले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै चेन्नईले खडा गरेको १ सय ८० रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटललाई १६.२ ओभरको खेलमा अलआउट गरेर चेन्नईले जम्मा ९९ रन मात्र जोड्न दिएको हो । खेलमा पराजित भएसँगै चेन्नई आइपीएल सिजन १२ को अंक तालिकाको सबैभन्दा शिर्ष स्थानमा उक्लिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै चेन्‍नईले चिदामबराम क्रिकेट स्टेडियममा सम्पन्न खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाउन सफल भएको थियो । चेन्‍नईका लागि सुरेस रैनाले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ८ चौका र १ छक्काको सहयोगमा ५९ रनको योगदान गरे । त्यस्तै कप्तान महेन्द सिंह धोनीले ४४ रनको योगदान गर्दा फाप डु प्लेसिसले ३९ तथा रबेन्द जडेजाले २५ रनको योगदान गरे । 

बलिङतर्फ दिल्लीका लागि जगदीश सुचितले दुई विकेट लिए । त्यस्तै किस मोरिस र अक्षर पटेलले समान एक एक विकेट लिए ।

चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटलका पृथ्वी शाले ४ रन, शिखर धावनले १९ रन, श्रेयस ऐएरले ४४ रन, रिशव पन्तले ५ रन, कोलिन इन्ग्रामले १ रन, अक्षेर पटेलले ९ रन, शेरफान रुदफर्डले २ रन, जगदिशा सुचितले ६ रन, अमित मिश्राले ८ रन र ट्रेन्ट बोल्टले १ रन ल्याए । दिल्लीलाई १६.२ ओभरको खेलमै अल आउट गर्ने क्रममा चेन्नईका इमरान ताहिरले ४ विकेट, रविन्द्र जाडेजाले ३ विकेट, दिपक चाहर र हरवजन सिंहले १/१ विकेट लिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित