2026-09-22 08:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL मा पहिलो पटक फाइनल खेल्ने दिल्लीको सपना अधुरै, फाइनलमा चेन्नई vs मुम्बई भिड्ने

वैशाख २७, काठमाडौँ | आइपीएल सिजन १२ को आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बीच भएको खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको छ | यससँगै चेन्नईले आइपीएलमा आठौँ पटक आईपीएलको फाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ | अब आइतबार चेन्नईसँग मुम्बई आमने सामने हुनेछन् | आईपीएल सिजन १२ को दोश्रो क्वालिफायर खेलमा धोनीको टिमले पहिलो पटक IPL फाइनल खेल्ने दिल्लीको सपना अधुरो बनाईदिएको छ | 

विशाखापत्टनममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सको टीमले २० ओभरको खेलमा ९ विकेट गुमाई १४७ रन बनाएको थियो र चेन्नई सुपर किंग्सलाई जीतको लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा चेन्नई सुपर किंग्सले १९ ओभरको खेलमै ४ विकेट गुमाएर १५१ रन बनाएर उक्त लक्ष्य भेट्न सफल भयो र फाइनलमा आफ्नो यात्रा तय गर्यो | 

खेलमा दिल्लीको लागि पृथ्वी सावले ६ बलमा ५ रन, शिखर धावनले १४ बलमा १८ रन, कोलिन मुनरोले २४ बलमा २७ रन, श्रेयस ऐयरले १८ बलमा १३ रन, रिशव पन्तले सर्वाधिक ३८ रन, अक्षेर पटेलले ६ बलमा ३ रन, शेरफान रुदरफर्डले १२ बलमा १० रन, किमो पलले ७ बलमा ३ रन, ट्रेन्ट बोल्टले ३ बलमा ६ रन र नटआउट रही अमित मिश्र र इशान्त शर्माले क्रमश ६ र १० रन जोडेर १४७ रन बनाएका थिए | 

दिल्लीलाई १४७ रनमा समेट्ने क्रममा चेन्नईको लागि दीपक चाहर, शार्दुल ठाकुर, रविन्द्र जाडेजा र द्वाने ब्राभोले २/२ विकेट लिए | त्यस्तै इमरान ताहिरले १ विकेट लिन सफल भए  | 

खेलमा चेन्नईको लागि ओपनर द्वय फाफ दुप्लेसी र सेन वाटसनले ५०/५० रनको समान स्कोर खडा गरे | सुरुवातमा निकै राम्रो बलिङ गरेपनि दिल्लीले डुप्लेसी र वाटसनको फराकिलो साझेदारी तोड्न सकेन | खेलमा फाफ दुप्लेसीले  ३९ बलमा ५० रन र सेन वाटसनले ३२ बलमा ५० रन प्राप्त गरेका थिए  |  त्यस्तै सुरेस रैनाले १३ बलमा ११ रन, एमएस धोनीले ९ बलमा ९ रन र नट आउट रही अम्बाती रायडुले २० बलमा २० रन् जोडे | 

चेन्नईको ४ विकेट दिल्लीका ट्रेन्ट बोल्ट , इशान्त शर्मा, अक्षेर पटेल र अमित मिश्रले १/१ विकेटको रुपमा लिएका थिए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित