2026-09-22 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिनामंगलमा जुवातासको अखडा: छापा मार्दा एक महिला सहित ९ पक्राउ (भिडियो सहित)

वैशाख २८, काठमाडौँ | काठमाडौँको सिनामंगलमा सनिबार नयाँ बानेश्वर प्रहरीले एक फर्निचरमा जुवातास खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ | झन्डै एक बर्षदेखि संचालित भनिएको उक्त जुवातास अखडामा प्रहरीले छापा हान्दा १ लाख भन्दा बढी नगद समेत बरामद गरिएको छ | 

स्थानीयले प्रहरीलाई दिएको सूचनाको आधारमा साझा सबाल मिडिया, भ्रष्टाचार विरुद्ध अभियान्ताहरु सहित नयाँ बानेश्वरका डीएसपी गोविन्दराज काफ्ले नेतृत्वको प्रहरी टोलीले सिनामंगलको एवान क्याफे नजिकै रहेको उक्त जुवाखालमा एक महिला सहित ९ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो | जुवातास खेलाउने ठाउँमा बाहिर फर्निचर राखिएपनि दैनिक त्यसको भीत्र जुवातास र लुडो खेलाउने गरिएको पाइएको छ | उक्त जुवा खालबाट प्रहरीले एक जना महिला सहित ९ जनालाई पक्राउ गरेको छ | 

उक्त जुवाको खालबाट जुवातास खेल्दै गरेका सिनामंगल बसेर तास खेल्ने तथा खेलाउन सक्रिय महिला पुनम ओझा, सिनामंगलकै ३९ बर्षिय उपेन्द्र चौधरी, इलाम घर भएका लोर बहादुर प्रधान, काभ्रेका ५१ बर्षीय हरी श्रेष्ठ, काडाघारी बस्ने बर्ष ५७ का शिव थापा, मकवानपुरका २४ बर्षीय शुशील गिरि, धादिङका ५२ बर्षीय शुर्य तामाङ, काभ्रेका ३२ बर्षीय रेशम शाह र नुवाकोटका ३५ बर्षीय नेत्र थापा मगर पक्राउ परेका छन् | प्रहरीले उनिहरूको जुवा तासको खालबाट १ लाख १ हजार ३५० नगद, केहि बुक तास र जुवा खालमा प्रयोग भएको च्याद्दर बरामद गरेको छ | नयाँ बानेश्वर टोलीले छापा मार्दा पक्राउ परेका ९ जनालाई गौशाला प्रहरीको जिम्मा लगाईएको छ |

प्रहरी सहितको टोलीले गरेको स्टिङ अप्रेशनको भिडियो तल हेर्न सक्नुहुन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित