2026-09-22 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL सिजन १२ को उपाधि मुम्बईलाई, चेन्नई १ रनले हार्यो

वैशाख ३०, काठमाडौँ | इन्डिन प्रिमियर लिग (आईपीएल) सिजन १२ को फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्‍नई सुपर किङ्सलाई १ रनले पराजित गरेको छ । खेलमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरको खेलमा ७ विकेट गुमाई १४८ रन मात्र बनाउन सक्दा मुम्बईले यो पटकको आईपीएल उपाधि जित्न सफल भएको हो ।  

राजस्थानको राजिब गान्धी क्रिकेट स्टेडियममा सम्पन्न भएको खेलमा टस जितेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन पूरा गरेको थियो । 

मुम्बईका लागि नटआउट रही पोलार्डले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै कुइटोन डी कोस्टले २९ रन जोड्दा इसन किशनले २३ तथा कप्तान रोहित शर्मा र सूर्य कुमार यादवले समान १५-१५ रन जोड्न सफल भए । खेलमा हार्दिक पाण्डेले १६ रन लिए भने कुर्नाल पाण्डेले ७ रन लिए । 

बलिङतर्फ चेन्‍नईका लागि दीपक चहारले तीन विकेट लिए । त्यस्तै शर्दुल ठाकुर र इमरान थहिरले समान दुई-दुई विकेट लिए । 

यसरी मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईको लागि ओपनर फाफ दुप्लेसी १३ बलमा २६ रन बनाएर आउट भए । त्यसपछि सुरेश रैना आउट भए । उनले १४ बलमा मात्र ८ रन बनाउन सके । त्यस्तै अम्बाती रायुडुले ४ बलमा १ रन मात्र बनाए । त्यसपछि आएका महेन्द्र सिंह धोनी ८ बल खेलेर २ रन मात्र बनाउँदा रन आउट हुन पुगे । त्यसपछि ड्वेन ब्राभोले १५ बलमा १५ रन बनाएर आउट भए । खेलमा ओपनर ब्याट्सम्यानका रुपमा टिकेर खेलेका सेन वाटसन १९.४ ओभरको खेलमा ५९ बलमा ८० रन जोडेर रनआउट हुन पुगे । त्यसपछि आएका सार्दुल ठाकुरले २ रन मात्र बनाए ।  खेलको अन्तिम बलमा जितका लागि चेन्नईलाई २ रन मात्र आवश्यक थियो तर लसिथ मलिंगाले अन्तिम बलमा शार्दुल ठाकुरको विकेट लिएर आफ्नो टिमलाई जित दिलाए । उनले जित म्याच मात्र जिताएनन् मुम्बईलाई आईपीएल २०१९ को उपाधि समेत दिलाए । 

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले २ विकेटलिए भने कुर्नाल पाण्डे, लसिथ मलिंगा र राहुल चाहरले १/१ विकेट लिन सफल भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित