मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो "/>

2026-09-22 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जिते

जेठ ११, बार्सिलोना ” युरोपेली गोल्डेन बुट अवार्ड स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन्।  

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो सिजन यो अवार्ड जितेका हुन्। 

मेसीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए। मेसीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी)का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन्। एमबाप्पे मेसीसँग तीन गोलले पछि परेका थिए।

शुक्रबार राति भएको फ्रेन्च लिगको अन्तिम खेलमा लिग च्याम्पियन पीएसजी रेम्ससँग ३–१ गोलले पराजित भयो। यस खेलमा एमबाप्पेले एक गोल मात्र गरेका थिए। 

एमबाप्पेको एक गोल गोल्डेन बुटका लागि पर्याप्त भएन। यद्यपि एमबाप्पेलाई अन्तिम खेलमा मेसीलाई पछि पार्ने ठूलो अवसर थियो। स्पेनिस ला लिगाबाट मेसीले लगातार तेस्रो र समग्रमा छैटौं पटक गोल्डेन बुट हात पारेसँगै ला लिगाका खेलाडीले गोल्डेन बुट जितेको यो ११औं पटक हो।

गोल्डेन बुट जितेका मेसीले आपूmलाई च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको हारले सताइरहेको बताएका छन्। ‘मैले गोल्डेन बुटबारे त्यति सोचेको थिइनँ। मेरो दिमागमा अहिले लिभरपुलसँगको खेलबाहेक केही छैन। म अझै पनि लिभरपुलसँगको हारबारे सोचिरहेको छु’, मेसीले भनेका छन्। 

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलसँग नमीठो हार खेप्दै बाहिरिएको थियो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित