2026-09-22 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानले विश्वकप क्रिकेटमा हारेपछि प्रशिक्षकको रहस्यमयी निधन

जेठ १८, काठमाडौँ | विश्व क्रिकेट त्यति बेला स्तब्ध बनेको थियो, जति बेला जमैकाको होटलको कोठामा पाकिस्तानी प्रशिक्षक बब उल्मर अचेत भेटिए। किङ्सटन अस्पतालमा पुगेलगतै ५८ वर्षे उल्मरलाई मृत घोषित गरियो। दिन थियो, सन् २००७ मार्च १८।

सन् २००७ को विश्वकप वेस्ट इन्डिजमा आयोजना भएको थियो । कुनै समय उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका खेलाडी र दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका प्रशिक्षक पनि थिए । विश्व क्रिकेटमा उल्मरलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रशिक्षक मानिन्छ। उनले क्रिकेटमा प्रशिक्षणलाई नयाँ र फरक मोड दिएका थिए ।

मार्च १७ मा पाकिस्तान र आयरल्यान्डबीचको खेल थियो । उक्त खेलमा पाकिस्तानी टोली अप्रत्याशित रूपमा आयरल्यान्डसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा तीन विकेटले पराजित हुन पुग्यो । सोही कारणले पाकिस्तान विश्वकपको उपाधि होडबाट बाहिरिन पुग्यो । त्यो हारले पाकिस्तानी क्रिकेटमा ठूलै खैलाबैला मच्चायो । पाकिस्तानी खेलाडी र पदाधिकारीहरूले हारको दोष प्रशिक्षक बब उल्मरमाथि थोपरे ।

विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी टोलीभित्रै असहज स्थिति सिर्जना भएको थियो । संयोगले पाकिस्तानी टोली विश्वकपबाट बाहिरिएको केही समयपछि नै मार्च १८ मा जमैकास्थित आफू बसेको होटलमा प्रशिक्षक बब उल्मरको रहस्यमयी तरिकाले निधन भयो । उनको मृत्यु शंकाको घेरामा पर्‍यो । प्रशिक्षक बब उल्मरलाई विष दिएर मारिएको आरोप लगाउनेको जमात पनि निकै ठूलो थियो ।

मृत्यु हुनुअघि बब उल्मरले बान्ता पनि गरेका थिए । सोही कारणले जमैकन प्रहरीले उनको मृत्युको विषयमा अनुसन्धान सुरु गर्‍यो । विश्वकप सकिएको लामो समयसम्म पनि उनको मृत्युको विषयमा अनुसन्धान जारी रह्यो । निकै लामो अनुसन्धानपछि जमैकन प्रहरीले बब उल्मरको स्वाभाविक मृत्यु भएको र उनको निधनमा कसैको हात नरहेको निष्कर्ष निकालेको थियो । 

उनको मृत्युपछि पनि विश्वकप चलिरह्यो। मृत्युको तीन दिनपछि पाकिस्तानले जिम्बावेविरुद्ध खेल्यो पनि। सन् १९९२ को विश्वकप विजयी पाकिस्तानी टिमका एक सदस्य इन्जमामले उल्मरको मृत्युको रात नै वान डे क्रिकेटबाटै संन्यास लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित