2026-08-26 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेल विकासका कार्यक्रम खै ?’

जेठ २८,काठमाडौँ | प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत  मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो ।

बैठकमा भाग लिँदै सांसद हृदयेश त्रिपाठीले विकास खर्चलाई सही ढङ्गले अगाडि बढाउनुपर्नेमा विश्लेषण नगरीकन विकास बजेट ल्याइएको विचार व्यक्त गर्दै  कृषकलार्ई दिने भनिएको अनुदान तिनमा नपुगेको उल्लेख गर्नुभयो ।  सांसद प्रमोद साहले बजेट प्रदेश नं २ मा  कम छुट्याइएको हुँदा मधेशलाई हेर्ने दृष्टिकोण र सोच परिर्वतन गर्न जरुरी छ भन्नुभयो । सांसद प्रदीप यादवले प्रादेशिक शहरी विकास र खेलकूदको विकासमा बजेटले पर्याप्त ध्यान नदिएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

सांसद डा डिला सङ्ग्रौलाले वितरणमुखी बजेटले युवालाई सीपमूलक र आयमूलक कार्यक्रममा ध्यान नदिएको टिप्पणी गर्दै युवा स्वरोजगार कार्यक्रमलाई सातै प्रदेशमा विस्तार गरी युवा पलायन रोक्नुपर्ने बताउनुभयो । सांसद झपट रावलले सरकारले तत्काल सुदूरपश्चिम क्षेत्रमा हावाहुरीका कारण जनधनको क्षति भएको प्रति ध्यान नदिएको आरोप लगाउँदै पीडितलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न माग गर्नुभयो ।  

सांसद पदमनारायण चौधरीले सिरहाको लहान बजार पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा नराखेको भनी गुनासो गर्नुभयो । सांसद टेकबहादुर बस्नेतले बजेटमार्फत स्थानीयस्तरमा पठाइएका फुटकर योजना सङ्घीयताको विरोधमा भएको भन्दै यसले अपेक्षित परिणाम  नदिने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले बजेटमा युवालाई रोजगारी दिने नयाँ कार्यक्रम नभएको टिप्पणी गर्दै  वितरणमुखी भएकाले यसले समृद्धि दिन नसक्ने जिकिर गर्नुभयो । सांसद सत्यनारायण शर्मा खनालले बजेटमा खेलकूद र शहरको विकासका लागि उल्लेखनीय योजनाबद्ध कार्यक्रम नभएको बताउँदै रोजगारीका लागि विदेश पलायन भइरहेका युवाका लागि  रोजगारी कार्यक्रम खै भनी प्रश्न गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेल र गोपालबहादुर बमले बजेटमा खेल विकास र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम नभएको भनी टिप्पणी गर्नुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पश्चिममा क्रिकेटका लागि बजेट विनियोजन भएकामा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बाढीपडितको आवास सुविधाका लागि अर्थमन्त्रीको ध्यान नपुगेको बताउनुभयो । सांसद कृष्णप्रसाद दाहालले काठमाडौँ मात्र शहर भन्ने मानसिकता अझै कायम रहेको उल्लेख गर्दै काठमाडौँ बाहिरका अन्य शहरको विकास समयमै गर्न सकिएन भने त्यहाँका जनता निराश हुने बताउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले एकीकृत र व्यवस्थित बसोबासका लागि जनता आवासजस्ता कार्यक्रम स्वागतयोग्य भए पनि पर्याप्त नभएको बताउनुभयो । सांसद यज्ञबहादुर बोगटीले सन्तुलित विकासका लागि बजेट सन्तुलित नभएको आरोप लगाउँदै अछाम जिल्लामा खेदकूद विकासका लागि कुनै बजेट नभएको भनी अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

युवा तथा खेलकुद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल आजै सम्पन्न भएको छ । बुधबारको बैठकमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन भएको बजेट र कार्यक्रमका बारेमा छलफल हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को  बैठक यही जेठ २९ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग