2026-07-26 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकपमा भारत-पाकिस्तान भिड्दै: बर्षाको सम्भावना, खेल रोकिए २२४ करोड घाटा

असार १, काठमाडौं | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पकिस्तानबीच निकै महत्वपूर्ण खेल हुँदैछ । 

म्यानचेस्टरको वल्ड ट्रफोर्डमा हुने खेल नेपाली समयअनुसार आज (आइतबार) दिउसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ । विश्वकप क्रिकेटमा हालसम्म अपराजित भारतलाई हराउने दाउमा छ पाकिस्तान । ६ पटकसम्मको विश्वकपमा भारतले आफ्नियो पक्षमा मात्र खेलको नतिजा राख्न सफल भएको छ ।

आजको खेल वर्ल्डकपको २२ औं खेल हो । भारत-पाकिस्तान दुवै टिम यो मैदानमा २० बर्षपछी आमने-सामने हुँदैछन् । पछिल्लो अटक टीम इन्डिया ४७ रनले बिजेता बनेको थियो । पछिल्लो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले  भारतलाई १८० रनले पराजित गरेको थियो । विराट कोहलीले वर्ल्डकपमा पाकिस्तानबिरुद्ध आफ्नो टीमको कप्तानी सम्हाल्दैछन् । उनि अघि मोहम्मद अजरुद्दीन, सौरव गांगुली र महेन्द्र सिंह धोनीले पाकिस्तान बिरुद्ध कप्तानी सम्हालीसकेका छन् । जसमा सबैको कप्तानीमा पाकिस्तान विरुद्धको खेलमा भारतले जित हाँशिल गरेको रेकर्ड छ ।

दर्शकहरुलाई चार बर्ष पछि यो खेलको पर्खाई रहनेछ, तर उनीहरुको आशालाई आजको खेलमा बर्षाले रोक्न सक्ने सम्भावना छ । एक मौषम सम्बन्धि वेब साइटको अनुसार, म्यानचेस्टरमा आज बर्षाको ६३% सम्भावना छ । यदी बर्षा भएमा खेल प्रभावित हुनेछ । उक्त मैदानमा वर्ल्डकपको पहिलो खेल हुँदैछ । 

भारत-पाकिस्तान म्याच रद्द भए २२४ करोड नोक्सान हुन सक्छ 

यदी बर्षाको कारण आज भारत-पाकिस्तानको खेल रद्द भएमा स्पोन्सर (प्रायोजक) हरुलाई यो एकै म्याचको २२४ करोड (भारु १४० करोड)  नोक्सान हुन सक्छ । अहिलेसम्म बर्षाको कारण ४ खेल रद्द भईसकेको छ । यसको कारण १६० करोड (भारु १०० करोड)को घाटा भएको छ । खेलको क्रममा विज्ञापनको लागि १० सेकेन्डको एक पटकको बिज्ञापन रेट २.५६ लाखदेखि २.८८ लाख रुपया छ । जबकि भारत-पाकिस्तानको म्याचको रेट बढेर प्रति १० सेकेन्डकै ४ लाखसम्म पुगेको छ ।

प्रायोजकले विज्ञापनको कुल हिसाको ५०% राशि भारत-पाकिस्तानको खेलमा खर्च गर्दै 

यो खेलको लागि विज्ञापन स्लट एडवान्समा बुक गरिएको छ । केहि प्रायोजकले विज्ञापनको कुल हिस्सा मध्ये ५०% राशि भारत-पाकिस्तानबीच हुने खेलको लागि लगाएका छन् । स्टार स्पोर्ट्सले खेलको क्रममा देखाउने बिज्ञापनको लागि ५५०० सेकेन्डको स्लट तय गरेको छ । यसले स्टार स्पोर्ट्सलाई २२४ करोडसम्म कमाई हुनेछ ।

भारत v/s पाकिस्तान हेड-टू-हेड

दुवै टीमको बीच अहिलेसम्म कुल १३१ खेल भएको छ । जसमा भारतीय टीमले ५४ पटक जितेका छन् बहने पाकिस्तानको टिमले ७३ खेल जितेको छ । चार खेलमा नतीजा बिहिन बनेको छ । वर्ल्डकपको कुरा गर्ने हो भने दुवै टिम यस अघि ६ पटक आमने-सामने भएकोमा सबै खेलमा भारतले जित हाँसिल गरेको छ ।

खेलाडीहरु

भारत: विराट कोहली (कप्तान), जसप्रीत बुमराह, युजवेन्द्र चहल, शिखर धवन, महेन्द्र सिंह धोनी (विकेटकीपर), रवीन्द्र जडेजा, केदार जाधव, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पाण्डे, लोकेश राहुल, मोहम्मद शमी, विजय शंकर, रोहित शर्मा, कुलदीप यादव ।

पाकिस्तान: सरफराज अहमद (कप्तान), आसिफ अली, बाबर आजम, फख्र जमां, ह्यारिस सोहेल, हसन अली, इमाद वसीम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद हफीज, मोहम्मद हसन्यान, शादाब खान, शाहीन अफरीदी, शोएब मलिक, वहाब रियाज ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ