2026-09-22 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराजित न्युजिल्याण्ड पाकिस्तानद्वारा पराजित, धवन र कोहलीको रेकर्ड तोडियो

असार १२, काठमाडौँ | पाकिस्तानका ब्याट्सम्यान बाबर आजमको शतकीय पारीसँगै पाकिस्तानले जारी विश्वकप क्रिकेटमा अपराजित टिम न्युजील्याण्डलाई ६ विकेटले पराजित गरेको छ । बाबर आजमले लकी फर्ग्यूसनको बलमा सिंगल लिएर पाकिस्तानको लागि जारी विश्वकपमा पहिलो शतक बनाउन सफल भए । बर्मिंघमको एजबेस्टन मैदानमा टस जितेर न्याजिल्यांडले पहिले ब्याटिङ गर्दै २३७ रन बनाएको थियो । 

न्युजिल्यान्डको लागि २३७ रनको स्कोर जोड्ने क्रममा जिमी नीशमले सर्वाधिक ९७ रन,  कोलिन डि ग्रैन्डहोमले ६४ रन र कप्तान केन विलियमसनले ४१ रन बनाएका थिए । पाकिस्तानको लागि शाहीन आफरीदीले ३ विकेट, मोहम्मद आमिर र शादाब खानले एक-एक विकेट लिए ।

खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानलाई दिएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवाती खेल खासै राम्रो भएन । उसको सुरुवाती २ विकेट विकेट छिट्टै गुम्न पुग्यो । तर त्यस पछि आएका बाबर आजमले शतक लगाएर टीमलाई जीत दिलाए । खेलमा पाकिस्तानका हरिस सोहेलले पनि निकै उत्कृष्ट प्रदर्शन गरे । उनले ६८ रनको महत्वपूर्ण योगदान गरे । पाकिस्तानले न्युजील्याण्डले दिएको २३८ रनको लक्ष्य अन्तिम ओभरको पाँच बल बाँकी छंदा पुरा गर्न सफल भयो । न्यूजील्याण्डको लागि बोल्ट, फर्ग्यूसन र विलियम्सनले एक-एक विकेट लिन सफल भए । 

दुवै टीमको लागि इंग्ल्याण्डमा भएको यो सहित पाँचौं खेल हो । इंग्ल्याण्डमा भएको पछिल्लो चार खेलमा पाकिस्तानले मात्र जित निकालेको थियो । पाँचौं खेल पनि पाकिस्तानलेनै जितेको छ । न्युजिल्यान्डको टीमले पाकिस्तानविरुद्ध पछिल्लो पटक ११ जून १९८३ को खेल जितेको थियो । त्यतिबेला न्यूजील्याण्डले पाकिस्तानलाई ५२ रनले पराजित गरेको थियो । 

न्यूजील्याण्ड बिरुद्ध २९ रनको आंकडा बनाए लगत्तै पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले विराट कोहली र शिखर धवनको वानडे क्रिकेटको ठूलो रेकर्ड तोड्न सफल भए । बाबर आजमले सबैभन्दा छिटो ३००० वानडे रन बनाएर रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । टीम इन्डियाका कप्तान विराट कोहलीलाई आफ्नो आदर्श बताउने बाबर आजमले धवन र कोहलीकै रेकर्ड तोड्न सफल भएका हुन् । 

विश्वकपमा आज (बिहिबार) भारत र वेस्टइन्डिज भिड्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित