2026-09-22 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

असार १२, बार्सिलोना,  रासस/एएफपी । ब्राजिलियाली अग्रपङ्तीका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताउनुभएको छ ।

करिब दुई बर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताउनुभएको हो ।

ब्राजिलियाली घरेलु टोलीमा निकै ख्याति कमाएका नेयमारलाई पेरिस सेन्टमा रहँदा आर्थिकरूपमा त निकै फाइदा भएको छ तर उक्त क्लबबाट सोचेअनुसार प्रसिद्धि भने नआएकोले उहाँले बार्सिलोनामा आउने इच्छा व्यक्त गर्नुभएको भन्ने सुनिएको छ । नेयमार पूरानो क्लबमा फर्कन चाहेमा र क्लबले ल्याउने निर्णय गरे पनि उहाँले अहिले पाइराखेको पारिश्रमिकमा भने फिर्ता ल्याउन नसकिने क्लबका अधिकारीले बताएका छन् ।

क्याम्प नोउमा पत्रकार सम्मेलनमा बोल्दै कार्डनरले भन्नुभयो, “हालै मैले समाचारमा पढे अनुसार र विभिन्न माध्यमबाट जानकारी पाए अनुसार नेयमार ले बार्सिलोनामा फर्किन चाहेको भन्ने सुनिएको छ । तर सही के हो मलाई थाहा छैन ।”

उहाँले थप्नुभयो, बार्सिलोनाले अहिलेसम्म नेयमारसँग सम्पर्क गरिसकेको छैन । तर आवश्यक प्रक्रिया पुरा गरेर फर्किन चाहेमा बार्सिलोनाले उहाँलाई उचितस्थान दिन सक्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित