2026-09-22 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्‍वकप क्रिकेट: इङ्ल्यान्डसँग भारत पराजित भएपछि पाकिस्तानलाई तनाव

असार १६, काठमाडौं | जारी विश्वकप क्रिकेट प्रतियोगिताको ३८ औँ खेलमा घरेलु टोली इङ्ल्यान्डले भारतलाई ३१ रनले पराजित गरेको छ । अपराजित यात्रामा रहेको भारतलाई पराजित गरेसँगै इङ्ग्ल्यान्डले सेमीफाइनल पुग्ने सम्भावना जीवितै बनाएको छ । 

आइतवार इंग्ल्याण्डकै घरेलु मैदान बर्मिङ्घमको एजबेस्टनमा खेलिएको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै भारतलाई ३३८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको भारतले पुरा ओभरमा ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो । 

पहिले ब्याटिङ गरेको इङ्रल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो। इङ्ल्यान्डका लागि जोनी बेयरस्टोले १११ रनको शानदार पारी खेले । उनले यस विश्वकपमा पहिलो सतक बनाए । स्टोक्सले यस विश्वकपमा चौथो अर्थसतक बनाए। उनी ७० रन बनाएर पेभेलियन फर्किए। इंग्ल्याण्ड बिरुद्ध भारतका मोहम्मद शमीले ५ विकेट लिए भने कुलदीप यादव र जसप्रीत बुमराहले एक-एक विकेट लिन सफल भए । १० ओभरको खेल खेलेका शमीले ६९ रन दिए भने भारतको लागि योज्वेन्द्र चाहलले सबैभन्दा बढी ८८ रन दिए । 

खेलमा इङ्ल्यान्डका लागि कप्तान इयान मोर्गन १ रनमै पेभेलियन फिर्ता भए भने जो रूटले ४४ रनको पारी खेले । त्यस्तै जोस बटलर ८ बलमा २० रन बनाएर आउट भए । त्यस्तै जेसन रोय ६६ रन बनाएर आउट भए । 

भारतको लागि रोहित शर्माले सतकीय पारी खेल्दै सर्वाधिक रन पाए । आजको खेलसहित जारी विश्वकपमा उनको तेश्रो शतक हो । उनले दक्षिण अफ्रिकाविरूद्ध १२२ र पाकिस्तानविरूद्ध १४० रन बनाएका थिए । आजको खेलमा कप्तान विराट कोहलीले ६६ रन बनाएर आउट भए । 

आजको खेल जितेसँगै इङ्ल्यान्ड ८ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ । इङ्ल्यान्डको जीतसँगै पाकिस्तान भने चौथो स्थानबाट १ स्थान तल झरेको छ । अब पाकिस्तान तल्लो स्थानमा धकेलिसँगै उसले बंगलादेशसँग जित निकालेर पनि पुन: इंग्ल्याण्डको अर्को खेलमा हारको प्रतीक्षा गर्नुपर्ने हुन्छ । यदी भारतले जितेको भए पाकिस्तान अन्तिम चारमै पक्का हुने स्थिति थियो तर भारत पराजित हुँदा पाकिस्तानको अन्तिम चारमा पुग्ने सम्भावाना निकै न्यून रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित