2026-09-22 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेटमा अफगानिस्तान ‘शुन्य’, लगातार ९ खेलसम्म हारै-हार

असार २०, काठमाडौं | जारी विश्वकप अफगानिस्तानको लागिउ सबैभन्दा खराव बनेको छ । भारतलाई समेत टक्कर दिनेगरी क्रिकेट खेलेको अफगानिस्तानले जारी विश्वकपमा आफ्नो सबै ९ खेलमा ९ खेलमै कुनै जित निकाल्न सकेन ।

आफ्नो अन्तिम खेलमा वेष्ट इन्डिजले समेत पराजित गरेपछि उसको यात्रामा शुन्य अंक हाता लागेको छ । अफगानिस्तानले जारी विश्वकपमा शुन्य अंकमै यात्रा टुङ्ग्याएको छ । बिहीबार भएको खेलमा वेष्ट इन्डिजले विश्वकपको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै आफ्नो यात्राको विदाई शुखद् बनाएको हो ।

योसँगै युर्निभर्सल बोस अर्थात क्रिस गेलको पनि आफ्नो करियरको अन्तिम एकदिवसिय विश्वकपमा सन्तोषजनक विदाइ भएको छ । विश्वकपमा उनी आफैले पनि अपेक्षा अनुसार खेल्न भने सकेनन् । यद्यपी बिहीबारको खेलमा जीत हात पार्दा सन्तुष्ट भएर क्यारेबियन टोली घर फर्किएको छ ।

यता एसियाली टोली अफगानिस्तानले विश्वकपमा कुनै पनि खेलमा जीत हात पार्न सकेन । बलियो टोलीहरुसँग सन्तोषजनक खेलेपनि जीत हात पार्न भने असफल भयो । बिहीबार राति भएको विश्वकपको अन्तिम खेलमा वेष्ट इन्डिजसँग २३ रनले हारेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरको खेल पुरा खेल्दै सबै विकेट गुमाएर २८ड रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि इक्रम अलि खिलले ८६ रन, रहमत शाहले ६२ रन, अस्गार अफगानले ४० रन र नजबुल्लाह जद्रानले ३१ रन बनाएका थिए ।

अफगानिस्तानलाई २८८ रनमा रोक्न वेष्ट इन्डिजका कार्लोस बार्थबेटले ४ विकेट लिए भने केमर रोचले ३ विकेट लिँदा ओसाने थोमस र क्रिस गेलले समान एक–एक विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाउँदा निकोलस पुरान र इभान लुइसले समान ५८–५८ रना बनाएका थिए भने जसन होल्डरले ४५ रन र सिमरोन हेटमायरले ३९ रन बनाएका थिए ।

वेष्ट इन्डिजविरुद्ध अफगानिस्तानका दावलत जद्रानले २ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित