"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>

2026-09-22 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई निरिह बनाउदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

असार २५, काठमाडौँ | भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भएको हो । 

मंगलबारको खेल पानीले प्रभावित भएपछि रोकिएको र त्यसलाई निरन्तरता दिंदै बुधबार खेल भएको थियो । ४६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलबार वर्षा भएपछि खेल बुधबारका लागि सारिएको थियो । बुधबार केहिबेर खेलेर न्युजिल्यान्डले भारतसामु ८ विकेट गुमाएर २४० रनको लक्ष्य प्रस्तुत गर्यो । तर भारतले खेलमा सुरुवाती चरणमै निकै खराव पर्दर्शन गर्यो । खेलमा पहिलो ५ ओभरमै भारतको ३ खेलाडी पबेलियन फर्किए । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेलेपनि अन्तिममा खेल न्युजिल्याण्डको पोल्टामा गयो । 

आजको खेलमा भारतका ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली १ रनमै पवेलियन फर्किएका थिए । भारतका रिशब पन्त र हार्दिक पाण्ड्याले समान ३२–३२ रन जोडेर आउट भए । भारतलाई पराजित गर्नको लागि बलिङतर्फ न्युजिल्यन्डका लागि म्याट हेनरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका मिचेल स्यान्टनर र ट्रेन बोल्टले समान दुई–दुई विकेट लिए । त्यस्तै ल्युक फर्गुसन र जिम्मी निशमले समान एक–एक विकेट लिए । 

म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा त्यहिँबाट सुरु भएको खेलमा  न्युजिल्यान्डका लागि रोस टेयलरले  ७४  रन बनाए । ९० बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरेका रोस रनआउट भएका थिए । खेलमा ओपनर मार्टिन गुप्टिल १ रन मात्र बनाएर आउट भए । त्यसपछि कप्तान केन विलियम्सनले अर्धशतक बनाएर ६७ रन जोडे । त्यस्तै १० रन बनाएर टोम लाथम आउट भए । म्याट हेनरीले १ रनमात्र जोड्न सके । त्यस्तै मिचेल स्यान्टनरले ९ र टेन्ट बोल्टले ३ रन बनाए । हेनरी निकोलस २८ रनमा पवेलियन फर्किँदा जेम्स निसम १२ रनमा आउट भए । त्यस्तै कोलिन डिले १६ रन जोडे । 

खेलमा न्युजिल्याण्ड बिरुद्ध भारतका भुवनेश्वर कुमारले सर्वाधिक तीन विकेट लिए भने हार्दिक पाण्डेय, जसप्रित बुम्रराह, युजवेन्द्र चहाल र रबिन्द्र जडेजाले एक–एक विकेट लिन् सफल भए । आजको खेलमा जितेसँगै न्युजिल्यान्डले अब फाइनलमा खेल भोली हुने अर्को सेमिफाइनल अष्ट्रेलिया र इङ्ल्यान्ड मध्ये एकसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित