2026-08-26 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट फाइनल: पहिलो ऐतिहासिक सुपरओभर, इंग्ल्याण्ड बन्यो विश्व च्याम्पियन

असार ३०, काठमाडौँ | लन्डनको लर्ड्स मैदानमा इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जितेको छ । फाइनल खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको घरेलु टिम इंग्ल्याण्डले पुरा ओभरमा २४१ रननै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । उक्त सुपर ओभर खेलमा इंग्ल्याण्डले १५ रन बनाएर न्युजिल्याण्डलाई १६ रनको लक्ष्य प्रस्तुत गर्यो । उक्त लक्ष्य पछ्याएको इंग्ल्याण्डले पनि १५ रननै जोडे पछी बाउन्ड्रीको आधारमा इंग्ल्याण्डले फाइनल खेल जित्न सफल बन्यो । 

खेलमा इंग्ल्याण्डको लागि बेन स्टोक्स र जोस बटलरको शतकीय साझेदारीको मद्धतले इंग्ल्याण्डको टीम च्याम्पियन बन्न सफल भयो । सुपर ओभर खेलमा इंग्ल्याण्डले बटलर र स्टोक्सलाई ब्याटिङमा उतारेको थियो । उस विरुद्ध न्युजिल्याण्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए । उता न्युजिल्यान्डको लागि सुपरओभर खेलमा मार्टिन गुप्टिल र जेम्स नीशमले ब्याटिङ गरे । दुवैले मिलेर १५ रन जोड्न सफल भए । इंग्ल्याण्डको लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए । 

विश्वकप २०१९ जितेसंगै इंग्ल्याण्ड छैटौं विश्वकप कप बिजेता राष्ट्र बन्न पुगेको छ । यस अघि वेस्टइन्डीज, भारत, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले विश्वकप जितेका छन् । न्यूजील्याण्डको टीम लगातार दोश्रो फाइनलमा पराजित हुन पुगे । अघिल्लो विश्वकपको फाइनलमा उसलाई अस्ट्रेलियाले पराजित गरेको थियो । 

विश्वकप इतिहासमा पहिलो पटक विजेता टीमको फैसला सुपरओभरले गरेको हो । अन्तिम ओभरमा इंग्ल्याण्डले १५ रन बनाउनुपर्ने थियो, तर १४ रन मात्र बनाउन सकेको थियो । खेलमा पुरा ओभर खेलेर न्युजिल्याण्डले इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य दिएको थियो । जवाफमा ब्याटिङ गर्न उत्रिएको इंग्ल्याण्डको टीमले पुरै ५० ओभरमा ८ विकेट गुमाई २४१ रनको बराबरी स्कोर बनाएर अलआउट भएपछि खेल सुपरओभरमा गयो । सुपर ओभर खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २ चौका सहित १५ रन बनाएको थियो । उक्त सुपर ओभरमा १६ रनको लक्ष्य पछ्याई उत्रिएको न्युजिल्याण्डले पहिलो बलबाट वाईड पाए पछि १ रन, त्यसपछिको बलमा २ रन, दोश्रो बलमा छक्का, तेश्रो बलमा २ रन, चौथो बलमा २ रन, पाँचौं बलमा १ रन र अन्तिम बलमा २ रन आवश्यक रहेकोमा २ रन बनाउन खोज्दै गर्दा रनआउट हुन पुग्यो । सुपर ओभर खेलमा इंग्ल्याण्डले २ बाउन्ड्री लगाएको कारण बिजेता बन्न सफल भयो ।

खेलमा टस जितेर न्युजिल्याण्डले ५० ओभरमा ८ विकेटमा २४१ रन बनाएको थियो । उसको लागि हेनरी निकोलसले ५५ ट टम लाथमले ४७ रनको पारी खेले । खेलमा केन विलियम्सनले ३० रन बनाएर आउट भए । खेलमा विलियम्सनले निकोलससंग दोस्रो विकेटको लागि ७४ रनको साझेदारी खेले । रस टेलर १५ रन बनाएर मार्क वुडको बलमा एलबीडब्ल्यू आउट भए । जेम्स नीशम १९ रन बनाएर प्लंकेटको बलमा जो रूट मार्फत क्याच आउट हुन पुगे । खेलमा कोलिन डी ग्रैन्डहोम १६ रन बनाएर क्रिस वोक्स को बलमा आउट भए । इंग्ल्याण्डको लागि खेलमा क्रिस वाक्स र लियम प्लन्क्वेटले समान ३/३ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वुडले समान १/१ विकेट लिन सफल भए । 

त्यसपछि न्युजिल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा खेलमा पहिले स्टोक्स र जोस बटलरले पाँचौं विकेटको लागि शतकीय साझेदारी खेले । स्टोक्सले नट आउट ८४ रन बनाए भने जोस बटलरले ५९ रन बनाएर आउट भए । खेलमा जनी बेयरस्टोले ३६ रन बनाएर फर्गुसनको बलमा आउट भए । कप्तान इयान मोर्गन ९ रन मात्र बनाएर पवेलियन फर्किए । जेम्स नीशमको बलमा लकी फर्गुसनले उनलाई क्याच आउट गरेका थिए । खेलमा जेसन रोयले १७ रन बनाएर आउट भएका थिए । जो रूटले खेलमा ७ रन बनाएर आउट भएका थिए । खेलमा इंग्ल्याण्डको लागि बेन स्टोक्स र जोस बटलरको शतकीय साझेदारीको मद्धतले इंग्ल्याण्डलाई न्युजिल्याण्डको २४१ रनको बराबरीमा पुर्याउन मद्धत मिलेको थियो ।

न्युजिल्याण्डको लागि खेलमा लक्ले फर्गुसन र जिम्मी निसमले समान ३/३ विकेट लिए भने मत हेनरी र कोलिन डी ग्र्याण्डहोमले समान १/१ विकेट लिएका थिए । 

खेलमा बेन स्टोक प्लेयर अफ द म्याच घोषित भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग