2026-09-22 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप २०१९ हुने

फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ।  सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झुम्मिन थालेका छन्।

शहरका विशेषताको रुपमा आजकाल फुटसललाई लिने गरिन्छ। सन् १९३० देखि नै फुटसलको सुरुवात भएको मानिन्छ। पराग्वेबाट यो खेल सुरु हुँदा दक्षिण अमेरिकामै तीनदशक भन्दा बढी सिमिति बन्यो। सन् २०१५ मा आइपुग्दा फुटसल विश्वव्यापिकरण भइसक्यो। सहरबासीका लागि फुटसल अपरिहार्य झैं बनिसक्यो।

” निष्पक्षतामा लागि युवा ” भन्ने मुल नारामा साथ कादम्बरि मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्करी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । अन्तराष्टिय युवा दिवसको अवसरमा विद्यालय-विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रथम मिराई कादम्बरी कप २०१९ का संयोजक खिमानन्द देबकोटाले जानकारी दिए ।

प्रतियोगितातामा  विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रगियोगिताको नारा अनुरुप निष्पक्ष खेलको माध्यम बाट दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतियोगिताले दिगो विकास लक्ष्यका लक्ष्य नं. ३ स्वास्थ्य जीवनको सुनिश्चिता, लक्ष्य नं. ४ गुणस्तरीय शिक्षा र लक्ष्य नं. ५ लैंगिक समानातालाई विशेष सहयोग पुर्याउनेछ ।

प्रगियोगितामा महिला खेलाडिलाई थप सक्रिय बनाउन महिला पुरुष समान १६–१६ टिमको सहभागिता गराउन लागिएको छ । राष्टिय तथा अन्तराष्टिय प्रतियोगितामा समेत महिला टिम लाई विभेद हुदै आईरहेको छ । विभिन्न रुपमा हुने विभेदलाई हटाउदै निष्पक्ष प्रतियोगिता सञ्चालन गर्न लागिएको देबकोटाले जानकारी दिए ।

धन्यन्तरि फुटसल प्रा. लि.मा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितालाई मिराई ऐजुकेशन प्रा. लि.ले शिर्ष प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले रु. ३० हजारसहित ट्रफी र पदक तथा उपविजेताले रु २० हजारसहित पदक र ट्रफी पाउने छ । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित