2026-09-22 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको तारकेश्वरमा ‘स्कूल स्तरिय फुटसल’ प्रतियोगिता, १८ स्कुल प्रतिष्पर्धामा उत्रिदै

साउन १३, काठमाडौँ (सास) | विश्व परिवेशले खेलमा लगानी गर्दै आफ्नो देश अरु देशभन्दा शक्तिशाली बनाउने रणनीतिमा रहँदा नेपालले पनि बिभिन्न खेल सम्बन्धि क्रियाकलाप बढाउदै लैजानुपर्नेमा जोड दिईएको छ । प्राइभेट स्कूलहरुको संगठन (OPS) मा आवद्ध बिद्यालयहरुको प्रतिष्पर्धामा साउन १६ र १७ गते आयोजना हुने फुटसल प्रतिष्पर्धाको लागि आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो । 

‘खेल र परिवर्तनका लागि संगै’ भन्ने नाराका साथ तारकेश्वर-१०, मनमैजुमा रहेको नर्थ प्वाइन्ट एकेडेमीमा आयोजित उक्त पत्रकार सम्मेलनमा दोश्रो ‘OPS Inter School 5A SIde Futsal Tournalent-2076’ प्रतियोगिता आयोजना हुने जानकारी गराइएको छ । काठमाडौँको तार्केश्वर नगरपालिका स्थित G4 Futsal मा आयोजना हुन लागेको उक्त प्रतिस्पर्धा मनमैजुकै नर्थ प्वाइन्ट एकेडेमीको संयोजकत्वमा आयोजनामा हुने भएको हो । उक्त प्रतियोगितामा १८ स्कुल सहभागी हुँदैछन् । खेलको सोमबारनै समूहतालिका सार्वजनिक गरिएको छ । 

प्रतियोगितातामा  विभिन्न १८ विद्यालयको विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक स्कुल नर्थप्वाइन्ट एकेडेमीका भाइस प्रिन्सिपल दिवाकर पौडेलले जानकारी दिए । उनले आफ्नो स्कुलले प्रतियोगीता आयोजना गर्न पाउने अवसर पाएकोमा थप उत्साह मिलेको बताए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय भलिवल संघका अध्यक्ष राम बहादुर केसीले यस्ता प्रतियोगिताको प्रभाव भविष्यमा राष्ट्रिय स्तरमा समेत पर्ने भन्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नुनै यस्ता खेलहरुको मुख्य उद्देश्य रहेको बताए । उनले बिभिन्न स्कुलहरुले उत्पादन गरेको बिद्यार्थीहरु अहिले राष्ट्रिय स्तरमा खेल खेल्ने खेलाडीको रुपमा परिचित भईसकेको बताए । 

विद्यालयहरुबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उक्त फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्राइभेट स्कूलहरुको संगठन ‘OPS’ का अध्यक्ष लोकेन्द्र बहादुर खड्काले जानकारी दिए । खड्काले आफू विदेश भ्रमणको क्रममा रहँदा त्यहाँको स्कुलहरुमा खेललाई पढाई सरह प्राथमिकता दिएको भन्दै नेपालमा त्यस्तै अभ्यास जरुरी रहेको धारणा व्यक्त गरे । उनले  प्राइभेट स्कूलहरुको संगठन ‘OPS’को सबैभन्दा कान्छो विद्यालयको रुपमा रहेको नर्थ प्वाइन्टले खेलको आयोजना गरेको भन्दै आयोजकप्रति धन्यवाद दिए । 

चार ग्रुपमा खेलाईने खेलमा दुई ग्रुपमा ५/५ स्कुल र दुई ग्रुपमा ४/४ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । समूह बिजेताहरुको प्रतिष्पर्धाबाट खेलको नतिजा निर्धारण हुनेछ । खेलमा प्रथम, दोस्रो र तेस्रो टिमले ट्रफी, मेडल र प्रमाणपत्र पौनेछन् भने व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र राम्रो गोलकिपरले समेत पुरस्कार प्राप्त गर्नेछन् । 

ग्रुप तालिका हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित