2026-07-26 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानको निर्वाचन एक साता सर्‍यो

भदौ ३०, काठमाडौँ | विगत ३ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को  निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ | यसअघि आगामी असोज ३ र ४ गतेका लागि तोकिएको क्यानको निर्वाचन नियमविपरीत भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले रोक्न निर्देशन दिएको थियो |

त्यसपछि काठमाडौं आएका आइसिसीका प्रतिनिधिद्वय इमरान ख्वाजा र अमर शेखसँग खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले छलफल गरेसँगै नयाँ मिति सार्वजनिक गरिएको हो | निर्वाचनको जिम्मा पाएको आइसिसीको स्वतन्त्र समितिका अधिवक्ता राजेश्वर श्रेष्ठले नयाँ मितिमा निर्वाचन गराउने सहमति भएको पुष्टि गरे |

यसअघि स्वतन्त्र समितिले विधानअनुसार निर्वाचन गर्न लागिएको दाबी गरेको थियो। जसका कारण स्वतन्त्र समिति र खेलकुद परिषदबीच दूरी बढेको थियो। राष्ट्रिय खेलकुद परिषद्ले कुनै पनि संघको निर्वाचनका लागि २१ दिनअघि नै सूचना निकाल्नु पर्ने र सूचना निकाल्नुअघि खेलकुद परिषद्‍बाट स्वीकृति लिनुपर्ने भन्दै क्यानको निर्वाचन प्रक्रिया विधानअनुसार नभएको दाबी गरेको थियो।

यस्तै, खेलकुद परिषद्ले क्यानको निर्वाचन समितिमा पनि आफ्ना प्रतिनिधि हुनुपर्ने भनेको थियो। तर स्वतन्त्र समितिले अन्य संघभन्दा क्यानको निर्वाचन विशेष परिस्थितिमा हुन लागेकोले अनुमति लिन नपर्ने बताएको थियो।

५ सदस्यीय स्वतन्त्र समितिमा आइसिसीको तर्फबाट अमर शेख, नितिश कोथारी र मोहम्मद अली, राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन् | खेलकुद परिषद्ले यसअघि भएका जिल्ला र प्रादेशिक समितिको निवार्धनमा कुनै चासो देखाएको थिएन | आगामी अक्टोबर १३ मा बस्ने आइसिसीको बोर्ड बैठकलाई नेपाली क्रिकेटबारे अन्तिम निर्णय गर्ने अधिकार दिइएको छ |

सो बैठकमा निलम्बन फुकुवाको प्रस्ताव पेश गर्न क्यानको निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई अनुरोध गर्नु पर्नेछ। समितिले १५ दिनअघि प्रस्ताव पेश गर्न पर्नेछ। आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो | त्यसयता नेपाली क्रिकेट अभिभावकविहीन छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ