2026-09-22 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चन्द निर्वाचित

असोज ११, काठमाडौँ | नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी  क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो । 

आज राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी पाण्डेले १५ मत पाउनुभयो । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी हुनुभयो । क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह विजयी हुनुभयो । श्रेष्ठले ४१ तथा उहाँका प्रतिद्वन्द्वी मिङ्मा डण्डू शेर्पाले १७ मत पाउनुभयो । सचिवमा प्याकुरेलले ४३ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सिंहले ४५ मत प्राप्त गर्नुभयो भने उपेन्द्र भट्टराईले १२ मत पाउनुभयो । 

यस्तै केन्द्रीय सदस्यमा प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ बाट अमितवीर पाण्डे निर्वाचित हुनुभयो । खुलातर्फ केन्द्रीय सदस्यमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र करन महोत्रा क्षेत्री निर्वाचित हुनुभयो । यसअघि आजै केन्द्रीय सदस्यमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तविक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित