2026-08-26 05:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंगापुरमाथि नेपालको शानदार जित, टी-२० आईमा नेपालको लागि पारसको नयाँ रेकर्ड

असोज ११, काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकको मद्धतले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजमा पहिलो जित हाशिल गरेको छ । नेपालले सिंगापुरले दिएको १५२ रनको लक्ष्य १६ ओभरमा मात्र खेलेर एक विकेट गुमाएर भेट्न सफल भयो ।

खेलमा नेपालले पहिलो विकेट गुमाउने क्रममा इशान पाण्डे मात्र ५ रन बनाएर आउट भएका थिए, जतिबेला नेपाली टिमको स्कोर मात्र ९ रन थियो । तर पारसले कप्तानी पारी खेल्दै मात्र ४९ बलमा शतक प्रहार गरे । दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको शाझेदारी गरेका पारसले शतक मात्र प्रहार गरेनन् अविजित १०६ रङ जोड्न सफल भए । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरेका हुन् ।

आजको खेलमा शतक प्रहार गरे संगै पारस टी-२० आईमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । एकदिवसीय क्रिकेटमा पनि शतक बनाउने पहिलो नेपाली क्रिकेटर पनि पारसनै हुन् ।

खेलमा पारससँग साझेदारी गरेका आरिफ शेखले ३९ रनमा अविजित बने । 

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो । नेपालले पहिलो विकेट सुरुमा नै लिएको थियो । तर टिम डेभिडले कप्तानी पारी खेले एस चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरेका डेभिडले मनप्रित सिंहसँग ४५ रनको साझेदारी गरे । यस्तै चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे । डेभिड ६४ रनमा अविजित रहे । नेपालका कारण केसीले २ र सुशन भारीले एक विकेट लिए । 

आजको खेलमा नेपालका कप्तान पारस म्यान अफ दि म्याच घोषित भए । खेलपछि प्रतिक्रिया दिँदै कप्तान खड्काले सिंगापुको राम्रो सुरुवात भएपनि थेड ओभरमा राम्रो बलिङ भएको बताए । यलि १८०/९० रन बनेको भए नेपाललाई दबाव हुनसक्ने उनले बताए । 

आफ्नो टिमले नेपालसँग नराम्रो हार व्यहोरेपछी सिंगापुरका कप्तान डेभिडले आफ्नो टिमका लागि २०/३० रन कम भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग