2026-08-26 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक

कृष्ण दवाडी | मङ्सिर १९, कास्की | कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा  कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो  ।  नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो । 

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा  चित्त बुझाउनुपरेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ  सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल हुनुभयो ।   

अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ ।  उहाँले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न शुरु  गर्नुभएको थियो । नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उहाँले डुआथोलन र माउन्टेन बाइकक्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाउनुभएको थियो  । एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उहाँले राम्रो गर्न सक्नुभएको थिएन  । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उहाँलाई पराजित गर्नुभएको थियो  । 

राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्नलगत्तै टमाटा  डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुग्नुभएको थियो  ।  उहाँ सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थाल्नुभएको थियो । दौड र साइक्लिङमा उहाँको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ उहाँलाई प्रेरित गरिरहनुभयो  ।  “राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुर्छ भन्ने मलाई लाग्यो । त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ”, टमाटा भन्नुहुन्छ ।

सागमा स्वर्ण हासिल गरेलगत्तै उहाँले हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरिसक्नुभएको छ । चीनमा सन् २०२२ मा तय भएको एशियाली सो प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उहाँको धोको रहेको छ ।   उहाँ भन्नुहुन्छ, “ कठिन अवस्थामा समेत म कहिल्यै  हतास र निराश  हुन्न । मानिसले लक्ष्य ठूलो राख्नुपर्छ । लक्ष्यअनुसारको मेहनत र परिश्रम गर्यो भने असम्भव  केही पनि छैन । अब देशलाई एशियन गेममा पदक हासिल गराउने अब मेरो सपना छ ।”

सागको तयारीका क्रममा समेत धेरै चुनौती उहाँले सामना गर्नुपरेको थियो । उहाँलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो ।  प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग  उहाँ सन् २०१४ मोडलको पुरानै साइकल लिएर  स्पर्धामा होमिन विवश हुनुभएको थियो ।  त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उहाँले समयै पाउनुभएन । प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक  उहाँको शरीरमा मिलेन । “साथीको मागेर खेलमा भाग लिएँ ।  हाम्रो साइकल पाँचछ वर्ष पुरानो आल्मुनियमको हो । कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो”, उहाँ भन्नुहुन्छ । 

उहाँ १४/१५ वर्षका उमेरदेखि नै खेलकूदमा आकर्षित हुँदै आउनुभएको थियो । दौड र कराँतेमा उहाँको विशेष लगाव रहेको थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उहाँले भाग लिनुहुन्थ्यो । नेपाली सेनामा भर्ती भएपछि उहाँलाई खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उहाँलाई  अघि बढ्न सधैँ प्रेरित गरिरहनुभयो  

शुरुमा साइकल राम्रोसँग डोहोर्याउनसमेत नजान्ने उहाँलाई चन्दले नै साइकल चलाउन सिकाउनुभएको थियो । “मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उहाँ भन्नुहुन्छ ।  

आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै उहाँ सरकारले  खेलाडीलाई सहयोग गर्न माग गर्नुहुन्छ ।   नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवार टमाटा क्षमतावान् खेलाडी भएको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाइ भयो ।  हाम्रा खेलाडी अभावका बीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए । ” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग