By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सन् २०१९ – खेल क्षेत्रमा सम्झना लायक वर्ष
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सन् २०१९ – खेल क्षेत्रमा सम्झना लायक वर्ष
काठमाडौँ - KTMखेलकुद

सन् २०१९ – खेल क्षेत्रमा सम्झना लायक वर्ष

साझासवाल
Last updated: December 31, 2019 11:32 am
साझासवाल
8 Min Read
Share

मुना कार्की | पुष १५, काठमाडौँ | बिदा हुँदै गरेको वर्ष २०१९ लाई फर्केर हेर्दा खेलकूद क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । 

Contents
  • गौरिका सिंह सर्वाधिक सफल खेलाडी बन्न सफल 
  • क्यान निलम्बन फुकुवा
  • प्रथम श्रेणीको क्रिकेटमा नेपालको पुनरागमन 
  • यसै वर्ष आठौँ राष्टिय खेलकूद सम्पन्न
  • महिला भलिबलमा ऐतिहासिक सफलता
  • फुटबल
  • ओलम्पिक कमिटीमा पुनः जीवनराम श्रेष्ठ

नेपालले आयोजनाको मौका पाएको दक्षिण एशियाली क्षेत्रको ओलम्पिकको रुपमा मानिएको १३ औँ दक्षिण एशियाली खेलकूद भव्यरुपमा सम्पन्न मात्र गरेन पदकका हिसाबमा पनि ठूलो सफलता हात पार्यो ।

सन् २०१६ को फेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औँ सागको समापन समारोहमा १३ औँ साग आयोजनाका लागि नेपाललाई झण्डा हस्तान्तरण गरिएको थियो । यस वर्ष नेपालले प्रतियोगिता आयोजना गर्न सफल भयो । 

नेपालले सन् २०१८ मै उक्त प्रतियोगिता आयोजना गर्नुपर्ने थियो तर, उक्त समयमा प्रतियोगिता भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण आयोजना हुन सकेन । त्यसपछि काठमाडौँमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्च ९ देखि १८ तारिखमा प्रतियोगिता आयोजना गर्ने गरी अर्को मिति घोषणा गरेको थियो ।

दोस्रो पटक तोकिएको समयमा पनि प्रतियोगिता आयोजना हुन नसक्ने भएपछि डिसेम्बरको नयाँ मिति घोषणा गरिएको थियो । जसमा प्रतियोगिता आयोजना गर्न नेपाल सफल भयो । उक्त प्रतियोगिता नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ ग¥यो । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको थियो । 

नेपालबाटै शुरुआत भएको सागमा यसपटक नेपालले हालसम्मकै सर्वाधिक पदक जितेको थियो । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । तेह्रौँ सागमा नेपाल पदक तालिकामा भने दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको थियो । नेपाल सुटिङमा भने पदकविहीन रह्यो ।

गौरिका सिंह सर्वाधिक सफल खेलाडी बन्न सफल 

तेह्रौँ सागमा पौडीबाज गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार वटा स्वर्णपदक जित्दै नयाँ कीर्तिमान कायम गरिन । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमान बनाए ।

महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । १३ औँ सागमा भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । 

श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो भयो । पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो । 

क्यान निलम्बन फुकुवा

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले भण्डै साढे तीन वर्षपछि नेपाल क्रिकेट सङ्घ (क्यान) माथिको निलम्बन फुकुवा यसै वर्ष ग¥यो । विसं २०७३ वैशाखदेखि निलम्बित क्यानलाई आइसिसी बोर्ड बैठकले यसै वर्ष असोज २७ गते निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०७२ मा क्यानको निर्वाचनसँगै दुई समानान्तर कमिटी गठन भएपछि आइसिसीले सरकारी हस्तक्षेप बढेको भन्दै निलम्बन गरेको थियो । २०७२ मङ्सिर २८ गते तोकिएको निर्वाचन रोक्न तत्कालीन अध्यक्ष टङ्क आङबुहाङ राष्ट्रिय खेलकूद परिषद् (राखेप) पुग्नुभएको थियो तर, निर्वाचन तोकिएको समयमा भयो ।

उहाँकै कार्यसमितिमा उपाध्यक्ष रहनुभएका चतुरबहादुर चन्द नयाँ अध्यक्ष र महासचिव अशोकनाथ प्याकुरेल पुनः महासचिव चुनिनुभएको थियो तर त्यसलाई राष्ट्रिय खेलकूद परिषद्ले मान्यता दिएन । राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्टले चन्द र प्याकुरेल नेतृत्वको समितिको समानान्तरमा अर्काे समिति गठन गर्नुभयो । जसमा राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवालको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो ।

सोही विवादपछि आइसिसीले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसकेको तथा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो । आइसिसीकै रोडम्यापअनुसार क्यानको निर्वाचन पनि यसै वर्ष सम्पन्न भयो । जसमा चतुरबहादुर चन्द पुन क्यानको अध्यक्षमा निर्वाचित हुनुभयो । 

त्यसैगरी यसै वर्ष अक्टोबरमा नेपाली राष्ट्रिय क्रिकेटले नयाँ कप्तानको रुपमा ज्ञानेन्द्र मल्ललाई पायो भने पारस खड्काले कप्तानबाट राजीनामा दिए । 

प्रथम श्रेणीको क्रिकेटमा नेपालको पुनरागमन 

विश्व क्रिकेटको ऐतिहासिक पहिचान बोकेको इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध नेपालले १४ वर्षपछि तीन दिवसीय प्रथम श्रेणीको क्रिकेट खेल्यो । खेलको नतिजा भने मेरिलेबोनलाई सुम्पियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल एमसिसीसँग २०८ रनले पराजित भएको थियो । 

त्यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (यूएइ) सँग सन् २००५ को मेमा अन्तरमहादेशीय कपमा खेलेको थियो, जुन नेपालले खेलेको पछिल्लो प्रथम श्रेणीको खेल थियो । उक्त खेलमा नेपालले यूएइलाई पराजित गरेको थियो ।

यसै वर्ष आठौँ राष्टिय खेलकूद सम्पन्न

पटक पटक सरेको आठौँ राष्ट्रिय खेलकूदले पनि यसै वर्ष पूर्णता पायो । अघिल्लो वर्षकै लागि तय भएको उक्त खेलकूदको मिति पटक पटक सर्दै आएको थियो । अन्तत नेपालगञ्जमा वैशाख ५ देखि ११ गते सम्पन्न भयो । प्रतियोगितामा कुल ३५ खेलमा प्रतिस्पर्धा भएको थियो । जसमा १४० स्वर्ण, ८२ रजत तथा ६७ कास्यसहित नेपाल आर्मी पहिलो भएको थियो ।

त्यस्तै नेपाल प्रहरी दोस्रो तथा सशस्त्र प्रहरी बल (एपिएफ) तेस्रो भयो । प्रहरीले ६२ स्वर्ण, ४९ रजत र ४६ कास्यसहित दोस्रो बनेको थियो भने ५४ स्वर्ण, ६९ रजत तथा ८० कास्य पदकसहित एपिएफ तेस्रो भएको थियो ।

महिला भलिबलमा ऐतिहासिक सफलता

बङ्गलादेशाको ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले ऐतिहासिक नतिजा ल्यायो । फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि हात पार्यो ।

यसअअघि नेपालले कहिले पनि अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा उपाधि जित्न सकेको थिएन । त्यसअघि सन् २०१४ मा काठमाडौँमा आयोजना भएको दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत जितेको थियो । 

नेपाली महिला भलिबल टोलीले सन् १९९९ मा पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी जनाएको थियो । १३ औँ सागमा पनि नेपालले रजत पदक जित्दै सागमा एतिहासिक सफलता हासिल गर्यो । महिला भलिबलले अन्तरराष्ट्रिय सहभागिता जनाउन थालेको २० वर्षपछि उपाधि जित्दा पनि पुरुष भलिबल टोली भने अहिलेसम्म उपाधिविहीन छ ।

फुटबल

नेपाली फुटबल टोलीले सागमा स्वर्ण पदक जित्दा राष्ट्रिय टोलीका केही महत्वपूर्ण सदस्य भने मैदान बाहिर बस्न बाध्य बने । आफ्नो व्यक्तिगत चरित्रका कारण उनीहरु खेलमा सहभागी हुन पाएनन् । कतारमा सन् २००२ मा आयोजना हुने विश्वकप फुटबल छनोटअन्तर्गत भूटानमा हुने कुवेतविरुद्धको होम खेलअघि राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडी ठमेलको नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि अखिल नेपाल फुबटल सङ्घ (एन्फा)ले तत्काल राष्ट्रिय टोलीबाट हटाएको खबरले निकै चर्चा पाएको थियो ।

कात्तिकमा ठमेलका विभिन्न क्लबमा भेटिएका विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टोलीबाट हटाएको थियो । चारै जना खेलाडी कुवेतविरुद्धको खेलका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलका विभिन्न क्लबमा गएका थिए । जसका कारण भूटानविरुद्धको खेल त गुमाए गुमाए सँगसँगै घरेलु मैदानमा २० वर्षपछि आयोजना भएको १३ औँ सागमा पनि सहभागिता जनाउन पाएनन् ।

ओलम्पिक कमिटीमा पुनः जीवनराम श्रेष्ठ

सेप्टेम्बर महिनामा नेपाल ओलम्पिक कमिटीको चुनावबाट पुन जीवनराम श्रेष्ठले निरन्तरता पाउनुभयो । प्रतिनिधिसभा सांसदसमेत रहनुभएको उहाँले १७ मत ल्याउदै दोस्रो पटक निर्वाचित हुन सफल हुनुभयो । उहाँको प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले कुल १० मत ल्याउनुभएको थियो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article अझै चिसो बढ्ने, यस्तो छ मौसम पूर्वानुमान
Next Article २०१९ मा ऊर्जाः ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

चीनमा भूकम्प, आठ जनाको मृत्यु, २३ जना घाइते

57 years ago
काठमाडौँ - KTMविश्व

संसारकै सबैभन्दा वृद्ध लुसिलको मृत्यु

57 years ago
काठमाडौँ - KTMशिक्षा

कुन-कुन विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा लिने ?

57 years ago
काठमाडौँ - KTMसमाज

तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन माग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?