2026-09-22 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानसँग नेपाल १८ रनले पराजित

माघ २२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ | घरेलु मैदान किर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा नेपालले ओमानसँग १८ रनको हार ब्यहोरेको हो | १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा १७९ रन मात्रै जोड्न सक्यो |

४२ बलमा नेपाललाई जितको लागि ३६ रन चाहिएको थियो। क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन सन्दीप लामिछाने बनाएका बनाए | तर ४३.१ ओभरमा शरद आउट भएसँगै नेपाल दबाबमा पर्यो | लगतै ४४.१ ओभरमा सन्दीप पनि २८ रनमा आउट भएपछि खेल ओमानको पोल्टामा गयो |

नेपालले खराबी सुरुवात गरेको थियो | कप्तान ज्ञानेन्द्र मल्ल  ४ रन र पारस खड्का  ३ रनमा आउट भएका थिए | त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले राम्रो साँझेदारी गर्दै नेपाललाई उकासेका थिए | शरदसँग मिलेर ६२ रनको साँझेदारी गरेका दीपेन्द्र ३६ रनमा मोहम्मद नदिमबको बलमा एल्बिडब्लु आउट भए | २३.१ ओभरमा आरिफ शेख ६ रनमा  आउट भए भने लगतै रोहित कुमार पौडेल  शुन्य रनमा  आउट भए |

त्यसपछि ब्याटिङ गर्न आएका विनोद भण्डारी र शरदले मिलेर नेपाललाई १०० रन गरे तर विनोद भण्डारी २६ रन बनाएर आउट भए | बलिङतर्फ ओमानका जिशन साकसोदले ३ र विलाल खान र कलिम उल्लाहले समान २–२ विकेट लिए |

यसअघित्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको थियो | खराब सुरुवात गरेको ओमानका लागि मोहम्मद नदिमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रन बनाए | सन्दीप गउदले ३३, नसिम खुशी २८, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए |

नेपालका लागि बलिंग तर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए | उनले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर एक ओभर मेडन दिए | नेपालका लागि सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए | उनले १० ओभर बलिङ गर्दै १४ रन खर्चिए |

त्यस्तै एक विकेट दीपेन्द्रसिंह ऐरीले लिए | सिरिज अन्तर्गत बिहीबार ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी