2026-06-28 10:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसीसी विश्वकप लिग दुईः ओमान शीर्ष स्थानमा

विक्रम गिरी | माघ २८, काठमाडौँ | आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमान अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लेको छ । 

ओमानले यहाँ जारी सिरजिको अन्तिम खेलमा अमेरिकालाई ९२ रनले हरायो । ओमान चारवटै खेलमा विजयी हुँदै आइसीसी विश्वकप क्रिकेट लिग दुईको शीर्ष स्थानमा कायमै रहेको छ । ओमान हालसम्म खेलेको १० खेलमध्ये आठमा जित तथा दुईमा हार ब्यहोर्दै १६ अङ्कका साथ शीर्ष स्थानमा कायम रहेको छ । 

अमेरिका लिग दुईको दोस्रो स्थानमा छ । अमेरिकाले हालसम्म खेलेको ११ खेलमध्ये छ मा जित तथा पाँचमा हार खाँदै १२ अङ्क बटुलेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले आज टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो । ओमानले अमेरिकासामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । २७७ रनको विजय लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनायो । 

ओमानका लागि अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको कीर्तिमानी साझेदारी निभाए ।

अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा मात्र गरेन खेल आफ्नो पक्षमा पार्यो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्याटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए । 

बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेडन राखी ३७ रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिए । अन्य बलरले भने विकेट लिन सकेनन् । 

जवाफी ब्याटिङ गर्ने क्रममा अमेरिकाले खराब शुरुआत गर्यो । अमेरिकाले तीन रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । मोनांक पटेल र स्टेभन टेलर रन नै नबनाइकन पभेलियन फर्के । अमेरिकाले ३९ रन बनाउँदा आफ्ना प्रारम्भिक ब्याटस्म्यान जेभियर मार्शललाई गुमायो । उनले ३९ बल खेल्दै एक छक्का र दुई चौकाका साथ २३ रन बनाए । टिमको स्कोर ७९ रन छँदा अमेरिकाले पाँच विकेट गुमाइसकेको थियो । 

भरपर्दा ब्याटस्म्यान इयान होल्याण्ड ३२ बल खेल्दै २८ तथा अक्षय होमराज व्यक्तिगत सात रनमा पभेलियन फर्के । अमेरिकाको पारीलाई आरोन जोन्स र निसर्ग पटेलले उकास्ने प्रयास गरे । आरोनले अविजित ४७ रनको योगदान दिए । उनी खेलेको अन्तिम समयसम्म संघर्षरत रहे । यस क्रममा उनले ७९ बल खेल्दै तीन चौका प्रहार गरे । 

यस्तै निसर्गले अर्धशतकीय पारी खेले । उनले ३६ बल खेल्दै चार छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए । टिमको स्कोर १४९ छँदा निसर्ग पभेलियन फर्के । यससँगै अमेरिकाको लगातार विकेट पतन भयो । रुस्टी थेरनले ११ रन बनाउनुबाहेक अन्यले उल्लेख ब्याटिङ गर्न सकेनन् । बलिङतर्फ ओमानका लागि बिलाल खान र अकिब इलियासले तीन तीन, जिशन मक्सुदले दुई तथा मोहमद नदिमले एक विकेट लिए । बिलालले छ दशमलव एक ओभरमा २४ रन खर्चिए । अकिबले किफायती ब्यलिङ गरे । उनले पाँच ओभर बलिङगर्दै एक मेडन राखी मात्र १४ रन दिए । अकिब नै प्लेयर अफ दी म्याच घोषित भए । 

ओमान जारी सिरिजमा अपराजित रह्यो । उसले पहिलो खेलमा नेपाललाई १८ रनले हराएको थियो । दोस्रो खेलमा अमेरिकालाई छ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपाललाई आठ विकेटले हराउन पुगेको थियो । आज सम्पन्न चौथो खेलमा अमेरिकालाई ९२ रनले हराएसँगै ओमानले नेपालमा जारी लिगमा शत प्रतिशत नजिता आफ्नो पक्षमा पार्न सफल भएको छ ।

अब नेपाल र अमेरिकाबीच सिरिजको अन्तिम खेल बुधबार बिहान साढे नौ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल हालसम्म खेलको तीन खेलमध्ये दुईमा हार तथा एकमा जितका साथ दुई अङ्क बटुलेर लिगको छैटौँ स्थानमा छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी