Skip to content
Friday, July 17, 2026 Nepali Online Media

फुटबल खेलाडी अन्जन विष्ट युवा उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ६, मकवानपुर | फुटबल खेलाडी अन्जन विष्ट गत वर्षको युवा उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् ।

खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट युवा खेलाडीको अवार्डबाट विष्ट सम्मानित भएका हुन् ।  हेटौडका १८ वर्षे अन्जन एपिएफ क्लबका खेलाडी हुन् । गत वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइन विरुद्ध उनले एक गोल गरेका थिए भने दुई गोलका लागि पास मिलाएका थिए ।  अन्जनले १२ औं सागको फुटबलमा पनि दुई गोल गरेका थिए । उनले सागमा भुटान र माल्दिभ्सविरुद्ध १–१ गोल गरेका थिए ।

त्यस्तै १९ वर्षमुनिको साफ च्याम्पियनसिपमा अन्जनले ३ गोल गरेका थिए । स्पेनको मार्बेला युनाइटेड क्लबबाट युरोपमा उमेर समूहका आमन्त्रण प्रतियोगिता समेत अन्जनले खेलेका छन् । त्यस्तै अन्जनले राष्ट्रिय लिगमा २ गोल गरेका छन् । वर्षका युवा खेलाडीको मनोनयनमा परेका उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटमा सन्दीप लामिछाने र जुडोकी मनीता श्रेष्ठ प्रधानलाई पछि पार्दै अञ्जनले अवार्ड जितेका हुन् । उनले गतवर्षको उत्कृष्ट युवा खेलाडी हुँदै नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र हात पारे । त्यस्तै उनले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् ।

सानैबाट फुटबलमा अब्बल रहेका विष्टले हेटौँडाको एफसी पोतालाबाट आफ्नो ब्यवसायीक फुटबल करियर सुरु गरेका थिए ।स्थानीय स्तरको फुटबलमा निकै उत्कृष्ट छाप बनाएका विष्टको फुटबल खेल्ने विशेष शैलीको कारण उनी राष्ट्रिय टिममा महत्वपूर्ण स्थान बनाउन सफल भए । अर्वाड ग्रहण गर्दा विष्ट केहि भावुक देखिए । उनले आफुलाई फुटबल खेल्न सधै प्रेरणा दिने खेल पत्रकार स्वर्गिय सुमन भोम्जनलाई सम्झे ।