2026-09-22 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोटका लागि प्रशिक्षणका क्रममा रहेका एक फुटबल खेलाडी सङ्क्रमित

साउन ३०, काठमाडौँ | राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । 

एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल छनोट तथा एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडी, १२ कर्मचारी र आठ अफिसियलको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गराएको थियो । परीक्षण गराएकामध्ये ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको राईले बताउनुभयो । 

एक खेलाडी पुनः पिसिआर परीक्षण गराउँदा पोजेटिभ आएको उहाँको भनाइ छ । एन्फाले सोमबार ११ खेलाडीसहित २५ को तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । ती खेलाडीलाई घरमै आइसोलेसनमा राख्ने वा अस्पताल लैजाने भन्नेबारे एन्फाले छलफल गरिरहेको छ । नेपालमा यसअघि एक क्रिकेट खेलाडी तथा स्क्वास खेलका प्रशिक्षकमा कोरोना पुष्टि भएको थियो । फुटबल खेलाडीमा भने पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा फुटबल खेलाडीमा कोरोना देखिएको हो । एन्फाले काठमाडौँ बाहिरबाट आएका ११ खेलाडीलाई क्वारेन्टिन र होटलमा राखेको थियो भने अरूलाई घरमै आइसोलेसनमा बस्न भनेको थियो । बिहीबार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि आज फेरि परीक्षण गर्दा पनि पोजिटिभ नै आएको एन्फाले जनाएको छ । 

विश्व फुटबल महासङ्घ (फिफा)ले सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेपछि आगामी भदौ १ गतेदेखि हुने भनिएको बन्द प्रशिक्षण एन्फाले हाललाई स्थगित गरेको प्रवक्ता राईले बताउनुभयो । दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो । नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो । 

सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एसियन कपको छनोटका लागि नेपालले प्रशिक्षण थाल्ने योजना बनाएको थियो । हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी