2026-09-22 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल १३: तेश्रो खेलमा आरसीबीसँग हैदराबाद १० रनले पराजित

असोज ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको आफ्नो पहिलो खेल तथा जारी आईपीएलको तेश्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । 

आरसीबीले प्रस्तुत गरेको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट हुन पुगेको हो । योसँगै विराट कोहली आईपीएलमा कप्तानको रुपमा एक टोलीलाई ५० खेल जिताउने चौथो कप्तान बनेका छन् । यो सूचीमा गौतम गम्भीर, महेन्द्रसिंह धोनी र रोहित शर्माको पनि नाम छ ।

आरसीबीको जीतमा युजवेन्द्र चहल नायक बनेका छन् । उनले १८ रन खर्चेर ३ विकेट लिन सफल भए । उनले हैदराबादका जोनी ब्रेस्ट्रो र मनीष पान्डेको महत्त्वपूर्ण विकेट लिएका हुन् । दुवैले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । यो साझेदारी तोड्नु नै खेलको टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

१६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादको शुरुवाती खेल खराब रहन पुगेको थियो । कप्तान डेविड वार्नर मात्र ६ रन बनाएर आउट भए । ब्रेस्ट्रोले ६१ र पान्डेले ३४ रन बनाए । तर, हैदराबादका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकेपछि टोली पराजित हुन पुग्यो ।

यसअघि आरसीबीका लागि आफ्नो डेब्यू खेलमा देवदत्त पडिक्कलले ५६ रन बनाए । त्यस्तै, एरोन फिन्चले २९ बनाउँदै पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । त्यसपछि एबी डिविलियर्सले ५१ रनको योगदान दिए । आज चेन्नई र राजस्थानबीचको खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी