2026-09-22 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपिएलमा दिल्लीको पहिलो हार, आज बेलुका कोलकाता र राजस्थान भिड्दै (अंक तालिका सहित)

असोज १४, काठमाडौँ | आईपीएल सिजन १३ अन्तर्गत आफ्ना सुरुवाती दुई खेल जितेको दिल्ली क्यापिटल्सले तेश्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित हुन पुगेको छ । उता अघिल्ला दुई खेल हारेको हैदरवादले जितको खाता खोलेको छ । 

सुरुवाती व्याटिङ गर्दै हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

हैदरावादलाई जित दिलाउने क्रममा राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए ।

खेलमा १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम ओभरमा जितका लागि आवश्यक २८ रन पुरा गर्न पर्नेमा १२ रन मात्रै जोड्न सक्यो ।

दिल्लीको शुरुआत राम्रो रहेन । अघिल्लो खेलमा अर्ध-सतक जोडेका पृथ्वी शा पहिलो ओभरमै २ रन मात्र बनाएर बाहिरिए । उनलाई भुवनेश्वर कुमारले आउट गरेका थिए । 

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान श्रेयस अय्यरले शिखर धवनका साथ दोस्रो विकेटका लागि ४० रन बटुले । रन बटुल्न संघर्ष गर्दागर्दै उनी आठौं ओभरमा आउट भए । उनलाई राशिद खानले पेभेलियनको बाटो देखाए । अय्यरले २१ बलमा दुई चौकाको मद्दतमा केबल १७ रन बनाए ।

१० ओभरमा दिल्लीले जम्मा ५४ रन मात्र बनाउन सकेको थियो । १२ औं ओभरमा राशिद खानले नै शिखर धवनलाई पनि पेभेलियन फर्काए । उनले ३१ बलमा चार चौकाको मद्दतमा ३४ रन बनाए ।

अप्ठ्यारोमा देखिएको दिल्लीको टिमलाई ऋषभ पन्तले सम्हाले । १३ औं ओभरमा उनले अभिषेक शर्माको बलमा दुई छक्का प्रहार गरे । शर्मालाई शिमरन हेटमायरले साथ दिएका थिए । हेटमायरले १५ औं ओभरमा खलिल अहमदको बलमा लगातार दुई छक्का प्रहार गरे । यसका साथ दिल्लीले एक सय रन पूरा गरेको थियो ।

१५ औं ओभरमा दिल्लीको स्कोर ३ विकेटको क्षतिमा १०४ रन थियो । अन्तिम ५ ओभरमा जितकालागि ५९ रन आवश्यक थियो । १६ औं ओभरको पहिलो बलमै हेटमायर भुवनेश्वर कुमारको बलिङको चपेटामा परे । हेटमायरले १२ बलमा २१ रन जोडे ।

त्यसपछि आएका मार्कस स्टोइनिसले चौकाको साथमा रनको खाता खोले । १७ औं ओभरमा राशिद खानले ऋषभ पन्तलाई आउट गरे । पन्तले २७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३२ रन बटुले । राशिद खानले यस ओभरमा केबल ५ रन बनाए ।

त्यतिबेरसम्म दिल्लीलाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो । १८ औं ओभरमा बलर टी नटराजन थिए । ओभरको पहिलो पाँच बलमा केबल सात रन खर्चिएका नटराजनले अन्तिम बलमा दिल्लीको अघिल्लो खेलमा भयानक पर्दर्शन गरेका स्टोइनिसलाई आउट गर्न सफल भए । जसबाट खेलमा दिल्लीको जितको सम्भावना गिर्न पुग्यो । स्टोइनिसले ११ रन मात्र बनाएर आउट भए ।

१८ औं ओभरको खेलमा दिल्लीले नौ रन मात्र बटुल्न सक्यो । त्यसपछि अन्तिम ओभरमा १२ रन मात्र जोड्न सक्यो । त्यसमा पनि १८ औं ओभरमा खलिल अहमदले तेस्रो बलमा अक्षर पटेललाई आउट गरिदिए । पटेलले ५ रन मात्र जोड्न सके । दिल्लीले १४७ रनसम्म मात्र बनाएर सबै ओभर खेल्यो । यसरी हैदरावादले १५ रनले दिल्लीलाई पराजित मात्र गरेन आइपीएलको जारी सिजनमा अत्यावश्यक रहेको जितको खाता खोल्न पुग्यो । 

अब आइपीएलको आज बेलुकाको खेल राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्सबीच युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम, दुबईमा खेल हुँदैछ । जारी सिजनको यसअघिसम्पन्न आफ्ना दुई खेल मध्ये पहिलो खेलमा राजस्थान रोयल्सले किंग्स ईलाभेन पंजावलाई ४ विकेटले पराजित गरेको थियो । दोश्रो खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो । त्यस्तै कोलकाता नाइटराइडर्सले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा मुम्बई इन्डीएन्ससँग हारको सामना गर्नु परेको थियो । 

अंक तालिका हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी