साउन १५, एजेन्सी | बेलायतको नन लिग टिम स्पेनिमोर टाउनले न्युटन एक्लेफसँगको मैत्रिपूर्ण खेलको दोस्रो हाफ खेल्न अस्वीकार गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, एजेन्सी | बेलायतको नन लिग टिम स्पेनिमोर टाउनले न्युटन एक्लेफसँगको मैत्रिपूर्ण खेलको दोस्रो हाफ खेल्न अस्वीकार गरे"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

पहिलो हाफमा १–० ले हारेपछि, दोस्रो हाफ खेल्न अस्वीकार

१५ श्रावण २०७३, शनिबार ००:४४

साउन १५, एजेन्सी | बेलायतको नन लिग टिम स्पेनिमोर टाउनले न्युटन एक्लेफसँगको मैत्रिपूर्ण खेलको दोस्रो हाफ खेल्न अस्वीकार गरेको छ । 

न्युटन एक्लेफका खेलाडीले निकै खराब ट्याकल गरेको र त्यसका कारण आफ्ना खेलाडीको सुरक्षामा खतरा भएकाले दोस्रो हाफ नखेलेको स्पेनिमोर टाउनले दाबी गरेको छ । पहिलो हाफमा स्पेनिमोर टाउन १–० ले पछि परेको थियो ।

स्पेनिमोर टाउनले एक वक्तव्य निकालेर खेल अघि बढाउन चुनौती देखिएकाले आफूहरु खेलाडीको सुरक्षाका लागि दोस्रो हाफ नखेल्ने निर्णय गरेको उल्लेख गरेको छ ।

खेलाडी र खेल पदाधिकारीको सुरक्षा आफूहरुको पहिलो प्राथमिकता रहेको क्लबले उल्लेख गरेको छ । मैत्रिपूर्ण खेल भनिएपनि खेल कुनै युद्ध जस्तै भएको भन्दै नखेलिएको एक दर्शकलाई उद्धृत गर्दै मिररले लेखेको छ । तर न्युटन एक्लेफले भने त्यस्तो तनावको अवस्था नरहेको दाबी गरेको छ । स्पेनिमोरको निर्णयबाट आफूहरु अचम्मित भएको न्युटनका प्रशिक्षक एलन ओभरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार