2026-08-26 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएलमा दिल्ली शिर्ष स्थानमा, राजस्थान १३ रनले पराजित

असोज २८, काठमाडौँ | आइपीएलको जारी १३ औं सिजनको  ३० औं खेलमा दिल्लीले राजस्थानलाई १३ रनले पराजित गरेको छ । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले । धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिएका थिए ।

दिल्लीको ७ विकेट लिने क्रममा राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

त्यसपछि ब्याटिङमा उत्रिएको राजस्थानले दिल्लीले दिएको लक्ष्य भेट्न सकेन । राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक रहेको थियो । १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिदै ४ रन खर्चेका थिए । १९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि नतिजा दिल्लीको पक्षमा गयो । अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिँएको थियो । डेब्यु खेल खेलि रहेका तुषारदेश पान्डेले एक विकेट लिदै ८ रन मात्र खर्चिएर रोमाञ्चक जित दिलाए ।

राजस्थानलाई ओपनर जस बटलर र बेन स्टोक्सले ३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तेस्रो ओभरको अन्तिम बलमा एनरिच नोर्टजेले बटलरलाई २२ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । बटलरले ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चौथो ओभरको अन्तिम बलमा रविचन्द्रन आश्विनले कप्तान स्टिभ स्मिथलाई एक रनमा आफ्नै बलमा क्याचआउट गरेका थिए ।

राजस्थानको ब्याटिङका क्रममा ११ औं ओभरको दोस्रो बलमा डेब्यु खेल खेलेका तुषार देशपान्डेले बेन स्टोक्सलाई वैकल्पिक फिल्डर ललित यादवबाट ४१ रनमा क्याच गराउँदै आफ्नो पहिलो विकेट लिन सफल भए । स्टोक्सले ३५ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले १२ औं ओभरको चौथो बलमा सन्जु स्यामसनलाई २५ रनमा बोल्ड आउट गरे । १४ औं ओभरको दोस्रो बलमा रियान पराग एक रनमा रन आउट भएका थिए। 

राजस्थानलाई लक्षित रन पुरा गर्न नदिने क्रममा दिल्लीको लागि एनरिच नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । अक्षर पटेटले एक विकेट लिए ।

जारी आईपीएलमा बिहिबार बेलुका रोयल च्यालेन्जर्स ब्यांग्लोर र किंग्स ईलाभेन पन्जावबीच खेल हुँदैछ । 

बुधबारको खेल जितेसंगै दिल्ली आइपीएल सिजन १३ को हालसम्मको अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ८ खेलबाट ६ खेल जित्दै १२ प्वाइन्ट प्राप्त गरेको छ ।

त्यस्तै दोश्रो स्थानमा रहेको मुम्बई इन्डीएन्सले ७ खेलमा ५ खेल जित्दै १० अंक बटुलेको छ । त्यसपछि क्रमश ब्यांग्लोर, कोलकाता, हैदरावाद, चेन्नई, राजस्थान र पन्जाब रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग