2026-09-22 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएल इतिहाँसमा एकै दिन तीन सुपर ओभर, एकै खेलमा दुई पटक सुपरओभर

कात्तिक ३, काठमाडौँ | आइपीएलको जारी १३ औं सिजनमा आइतबारको दुई खेलमा तीन सुपरओभर भएको छ । दुवै खेलमा बराबरीको खेल भएपछि आईपीएलको नियम अनुसार सुपर ओभरको खेल भएको हो ।

आइतबार भएको पहिलो सुपर ओभरको खेलमा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्यो । 

एकै खेलमा दोहोरो सुपरओभर 

आइतबारनै भएको मुम्बई इन्डीएन्स र किंग्स इलाभेन पन्जावबीच एकै खेलमा दुई पटक सुपर ओभर खेल भएको छ ।

जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रननै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । 

मुम्बई र पन्जाबबीच भएको पहिलो सुपर ओभर खेलमा पन्जाबले २ विकेट गुमाएर ५ रन जोडेको थियो । पहिलो सुपर ओभरमा पहिलो ब्याटिङ गरेका पन्जाबका केएल राहुलले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा जसप्रित बुमराहले निकोलस पुरनलाई क्याच आउट गराए । त्यसपछि दुई बलमा राहुल र दीपक हुडाले १-१ रन जोडे । पाँचौ बलमा राहुलले २ रन जोडे । अन्तिम बलमा राहुल एलबीडब्लु आउट भएपछि पन्जाब मात्र ५ रनमा समेटियो । 

जवाफमा ६ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि क्विन्टन डीककले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा रोहित शर्माले पनि एक रन मात्नै जोडे । तेस्रो बलमा मोहमद शामीले एक रन दिँदा चौथो बलमा भने रोहित शर्माले रन निकाल्न सकेनन् । पाँचौ बलमा रोहितले १ रन मात्र लिए । अन्तिम बलमा दोस्रो रन लिने क्रममा डीकक रन आउट भएपछि खेल पुन: बराबरीमा गयो । फेरी खेलमा अर्को सुपरओभर भयो ।  

दोस्रो सुपर ओभरका लागि मुम्बईले हार्दिक पान्ड्या र काइरान पोलार्डलाई पहिले ब्याटिङमा पठायो । पन्जाबले क्रिस जोर्डनलाई बलिङ गर्न पठायो । जोर्डनको पहिलो बलमा पोलार्डले सिंगल लिए । त्यसपछि वाइड फ्याँकेका जोर्डनले दोस्रो बलमा पनि १ रन मात्र दिए । तेस्रो बलमा पोलार्डले चौका प्रहार गरे ।

चौथो बलमा पोलार्डले दोस्रो रन लिने क्रममा हार्दिक पाण्डे रनआउट हुन पुगे । पाँचौ बलमा पोलार्डलाई अम्पायरले कट बिहाइन्ड दिएपनि रिभ्यु लिँदै निर्णय उल्टाए । अन्तिम बलमा पन्जाबका मयंक अग्रवालले पोलार्डको बलिङलाई बाउन्ड्रीमा फिल्डिङ गरेपछि ६ रन हुने अवस्थामा मयंक अग्रवाले आकर्षक फिल्डीङ गरि २ रनमात्र बनाउन दिए ।

जवाफमा दोस्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पछ्याउने क्रममा क्रिस गेलले पहिलो बलमै ट्रेन्ट बोल्टलाई छक्का प्रहार गरे । दोस्रो बलमा गेलले १ रन जोडे । तेस्रो बलमा मयंकले चौका प्रहार गरे । चौथो बलमा पनि मयंकले चौका प्रहार गर्दै पन्जाबलाई जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय