2026-09-22 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियल म्याड्रिडद्वारा बार्सिलोना पराजित, रियल लिगको शीर्ष स्थानमा

कात्तिक ९, काठमाडौँ | सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनलाई पराजित गरेको छ । रियलले बार्सिलोनालाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको हो । रियलले बार्सिलोनालाई क्याम्प नाउमा हराएको सन् २०१६ को अप्रिलपछि पहिलो पटक हो ।

निकै रोमाञ्चक खेलमा रियलले खेलको पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो । करिम बेन्जेमाको पासमा फेडेरिको भालभर्डेले रियललाई अग्रता दिलाए । तर, तीन मिनेटपछि नै अन्सु फातीले बराबरी गोल फर्काए ।

पहिलो हाफमा करिम बेन्जेमा र लियोनेल मेस्सीले आ–आफ्नो टोलीलाई अग्रता दिलाउने अवसर गुमाए । पहिलो हाफमा दुवै क्लबका गोल किपरले उत्कृष्ट प्रदर्शन गर्दै खेल १–१ को बराबरीमा राखेका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले सुधारिएको प्रदर्शन गर्दै रियलमाथि दबाब राख्ने प्रयास गरेको थियो । तर, खेलको ६३ औँ मिनेटमा रियलले पेनाल्टी हान्ने अवसर पायो, जसलाई कप्तान सर्जियो रामोशले सजिलै गोलमा परिणत गरेपछि रियालले अग्रता लियो ।

रियलले अग्रता लिएपछि बार्सिलोना आक्रामक बन्यो । जसमा संयमता अपनाएर खेलेको रियालले लुका मोड्रिचको थप एक गोलको सहायताले अर्को गोल गर्दै जीत सुनिश्चित गरे ।

सन् २००८ पछि बार्सिलोनाविरुद्ध लगातार दुई जीत निकाल्दै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना भने स्पेनिस ला लिगामा लगातार तीन खेलमा जीतविहीन बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही