2026-09-22 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलमा मुम्बईद्वारा दिल्ली ५७ रनले पराजित, मुम्बई लगातार दोश्रो पटक फाइनलमा

कात्तिक २१, काठमाडौँ | IPL को १३ औं सीजनको पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डिएन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ । डिफेन्डिंग च्याम्पियन मुंबई लगातार दोश्रो पटक फाइनलमा पुगेको छ । 

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईको टीमले यसअघिनै ४ पटक आईपीएल जितेको छ । अब मुम्बईलाई पाँचौं सिजन जितको लागि एक खेल मात्र जित्नुपर्नेछ । पछिल्लो पटक मुंबईले फाइनलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै आईपीएल फाइनल जितेको थियो । यस अघि मुम्बईले २०१७, २०१५ र २०१३ मा च्याम्पियन बनेको थियो । 

युएईको दुबईमा खेलिएको म्याचमा मुंबईले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उसले पुरा ओभरको खेलमा २०० रन बनाएर दिल्ली सामु २०१ रनको लक्ष्य पस्किएको थियो । यसको जवाबमा उत्रिएको दिल्ली क्यापिटल्सले ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । दिल्लीको लागि मार्कस स्टोइनिसले ४६ बलमा सर्वाधिक ६५ रनको पारी खेले । 

दिल्लीले जीरोमै ३ विकेट गुमायो 

दिल्लीको शुररुवात निकै खराब रह्यो । टीमले बिना खाता खोलेर ३ विकेट गुमाउन पुग्यो । पहिलो ओभरमै तेज बलर ट्रेन्ट बोल्टले पृथ्वी शा र अजिंक्य रहाणेलाई पवेलियन फर्काए । पृथ्वीको क्याच विकेटकीपर क्विंटन डिककले लिए, जबकि रहाणे एलबीडब्ल्यू भए । त्यसपछि दोश्रो ओभरमा जसप्रीत बुमराहले शिखर धवनलाई क्लीन बोल्ड गरे । 

दिल्लीलाई पराजित गर्ने क्रममा मुंबईका तीब्र बलर जसप्रित बुमराहले ४ महत्वपूर्ण विकेट लिएर आफ्नो टिमलाई जितको बाटो देखाए । उनले शिखर धवन, श्रेयस अय्यर, मार्कस स्टोइनिस र डेनियल स्याम्सलाई आउट गरे । 

त्यसअघि मुम्बईको ब्याटिङ पारीमा ५ विकेटको क्षेतीमा २०० रन बनाएको थियो । टीमको लागि ईशान किशनले सबैभन्दा बढी ५५, सूर्यकुमार यादवले ५१ र क्विंटन डिककले ४० रनको पारी खेले । अन्त्यमा हार्दिक पाण्डेले १४ बलमै ३७ रनको पारी खेले । उनले ५ छक्का लगाए । दिल्लीको रविचंद्रन अश्विनले २९ रन दिएर ३ विकेट लिए । उनको अलावा एनरिच नोर्तजे र मार्कस स्टोइनिसले १/१ विकेट लिएका थिए ।

खेलमा पराजित भएसंगै दिल्लीले फाइनल पुग्न अर्को खेलमा ब्यान्ग्लोर र हैदरावादबीचको बिजेतालाई जित्नुपर्ने भएको छ । ब्यान्ग्लोर र हैदरावादबीचको खेल शुक्रबार हुँदैछ । शुक्रबारको खेलको बिजेतासंग दिल्लीले आइतबार खेल्नेछ । सोहि खेलको बिजेताले आगामी मंगलबार फाइनलमा मुम्बईसँग सामना गर्नेछ र आइपीएल सिजन १३ को च्याम्पियन टिम तय हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय