2026-09-22 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL इतिहासमा पहिलो पटक फाइनलमा पुग्यो दिल्ली, मंगलबार मुम्बईसँग फाइनल भिड्दै

कात्तिक २३, काठमाडौँ | आइपीएल सिजन १३ को जारी खेलमा दिल्लीले हैदरावादलाई पराजित गर्दै इतिहासमा पहिलो पटक फाइनल खेल खेल्ने अवसर पाएको छ । पहिलो क्वालीफाईएर खेलमा मुम्बईसंग पराजित भएको दिल्ली क्यापिटल्सले दोश्रो खेलमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । दिल्लीले फाइनल खेल आगामी मंगलबार मुम्बई इन्डिएन्ससंग फाइनल भिड्दैछ । मुम्बई २०१९ को आइपीएल बिजेता समेत हो । 

युएईको आबुधाबीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले हैदराबादलाई १९० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले पुरा २० ओभरको खेलमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । खेलमा हैदरावादका केन विलियम्सनले आईपीएल लीग अन्तर्गत आफ्नो १५ औं अर्धसतकीय पारी खेले । उनले आजको खेलमा ६७ रनको पारी खेले । अब्दुल समदले ३३ रन बनाए । दिल्लीको लागि कगिसो रबाडाले ४, मार्कस स्टोइनिसले ३ र अक्षर पटेलले एक विकेट लिए।

हैदराबादले ५ ओभरमा गुमायो ३ विकेट

लक्ष्य पछ्याएको हैदरवादलाई कम्जोर पार्नमा दिल्लीको शुरुआत राम्रो रह्यो । कप्तान डेविड वार्नर, प्रियम गर्ग र मनीष पान्डे शुरुवाती ५ ओभरमा आउट भए । वार्नरलाई २ रनको निजी स्कोरमा कगिसो रबाडाले आउट गरे । त्यसपछि प्रियम गर्ग (१७) र मनीष पान्डे (२१) लाई मार्कस स्टोइनिसले एकै ओभरमा आउट गरे ।

त्यसअघि दिल्लीले २० ओभरमा ३ विकेटमा १८९ रन बनाएको थियो । शिखर धवनले लीगमा आफ्नो ४१ औं अर्धसतक बनाए । धवनको IPL मा यो रेकर्डसंगै आईपीएलमा सबैभन्दा बढी अर्धसतक बनाउने भारतीय क्रिकेटर बनेका छन् । धवनपछि रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले ३९ फिफ्टी लगाएको रेकर्ड छ । आईपीएलमा सबैभन्दा बढी फिफ्टी लगाउनेको रेकर्ड अन्तर्गत हैदराबादका कप्तान डेविड वार्नरको नाम छ । उनले हालसम्म आइपीएलमा ४८ पटक अर्धसतक खेलेका छन् । 

साथै धवनले जारी लिगको प्ले-अफ खेलमा पहिलो ५०+ को स्कोर बनाए । उनले सबैभन्दा बढी ७८ रनको पारी खेले । शिमरन हेटमायरले ४२ रन बनाएर नटआउट रहे । हैदराबादको लागि संदीप शर्मा, जेसन होल्डर र रशिद खानले १/१ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय