2026-09-22 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्ने

कार्तिक २८, काठमाडौँ | आज नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेभएको छ | ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने पाँच बजे सुरू हुनेछ | दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली  टिमले मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ |

नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। २३ मध्ये नेपालले ७ खेलमा मात्र निकालेको छ। १३ खेलमा नेपाल पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएका छन् | बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा नेपाल तीन खेलमा विजयी भएको छ | एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ |

नेपाली राष्ट्रिय टिम झण्डै एक वर्षपछि मैदान उत्रन लागेको हो | 

फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। 

त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन नसकेको हो |

समग्र अन्तर्राष्ट्रिय खेलमा नेपाल पछिल्ला चार खेलमा पराजित भएको छ। चार खेलमा नेपालले १२ गोल खाएको छ भने कुनै पनि गोल गर्न सकेको छैन |

नेपालका पछिल्ला ६ अन्तर्राष्ट्रिय खेल 

नेपाल भर्सेस कुवेत : १-० गोलले पराजित (विश्वकप छनोट)

नेपाल भर्सेस म्यानमार : ३-० गोलले पराजित (अन्तर्राष्ट्रिय मैत्रीपूर्ण)

नेपाल भर्सेस जोर्डन : ३-० गोलले पराजित (विश्वकप छनोट)

नेपाल भर्सेस अस्ट्रेलिया : ५-० गोलले पराजित (विश्वकप छनोट)

नेपाल भर्सेस चाइनिज ताइपेई : २-० गोलले विजयी (विश्वकप छनोट)

नेपाल भर्सेस कुवेत : ७-० गोलले पराजित (विश्वकप छनोट)

बंगलादेशविरुद्ध खेल्ने नेपाली टिम

अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय