2026-09-22 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमित भएपछि सन्दीप लामिछाने अस्पताल भर्ना

मङ्सिर १६, काठमाडौं | कोरोना संक्रमित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सोमबार अस्पताल भर्ना भएका छन् । शनिबार गरिएको परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

शनिबार उनले सामाजिक सञ्जालमार्फत सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको र गम्भीर लक्षण नभएकाले घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका थिए ।

सोमबार शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका हुन् । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले अस्पताल भर्ना भए पनि सन्दीपको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । ‘कोरोना संक्रमित भएपछि होटलकै आइसोलेसनमा थिए । आज राति श्वासप्रश्वासमा समस्या देखिएका कारण बिहान अस्पताल भर्ना भएका हुन् । उनको अवस्था सामान्य छ,’ टमाटाले सन्दीपसँग नियमित सम्पर्कमा रहेको बताएका छन्।

कोरोना महामारीकै बीच आयोजित क्यारबियन प्रिमियर लिग (सीपीएल) र इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताबाट फर्किएका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुने क्रममा थिए । छिट्टै उनी अस्ट्रेलियाको घरलु ट्वान्टी–२० प्रतियोगिता बिगबास लिग खेल्न जाँदैछन्। बिगबास लिगमा यसपालि उनले होबर्ट हरिकेन्सबाट खेल्नेछन्।

अस्पताल भर्ना भएपछि सन्दिपले ट्विट गर्दै भनेका छन् ‘अलि अलि कम महसुस भएको छ । आशीर्वादका लागि सबैलाई धन्यवाद ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय